काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

भदौ २३ र २४ को महाविनाश बिर्सन सकिँदैन: ओली

1.59K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २३ र २४ गतेको घटनापछि आफू केही समय सुरक्षित स्थानमा गएर बसेको बताएका छन्।

पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई हेलिकप्टर चढेर भाग्यो भन्दै गरेको प्रचारप्रति विमति राखे।
महाभारतको कथा सुनाउँदै उनले, ‘हामी सुरक्षित स्थानमा रहेर समीक्षारत थियो। नेता, समाजका अगुवा मारिउन् भन्नेहरूले आज व्यङ्ग्य गरेको सुनिन्छ, हेलिकप्टर चढेर भागे।’

उनले भदौ २३ र २४ को महाविनाश बिर्सन नसकिने भन्दै दोषीलाई कारबाही गर्न माग गरे। असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर आफूले राजीनामा दिएको स्मरण गरे।

उनले थपे, ‘देश अन्योलमा थियो, संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू राख्यौँ। यदि संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भए दलहरूबीच सहमति हुनुपर्छ, संसदमार्फत् संविधान संशोधन हुनुपर्छ, संसद् विघटन गर्न हुँदैन भन्ने अडान थियो। तर देशलाई उल्टो दिशामा लगियो।’

उनले असंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताए।

IME
khanepani