काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

राहदानी रोक्का र स्थानहदबारे ओलीको असन्तुष्टि

1.55K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावको वातावरण बनाउनेतिर ध्यान नदिएको टिप्पणी गरेका छन् ।
‘नेताहरूको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा । यही हो चुनावको वातावरण बनाएको ?’ ओलीको प्रश्न छ ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारको म्यान्डेड आगामी २१ फागुनमा चुनाव गराउने म्यान्डेड रहको बताए । तर, त्यसअनुसारको जवातावरण बनाउन सरकारले आवश्यक गृहकार्य नगरेको आरोप लगाए ।

राजनीतिक दलहरूको विश्वास जित्ने काम सरकारले नगरेको बताए । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता हुन बाँकी रहेको, भागेका कैदीबन्दीलाई पनि फर्काउन बाँकी रहेको बताए ।

यस्तोमा सरकारले नेताहरूको राहदानी रद्द र स्थानहद तोकेको भनेर उनले सरकारले चुनावको वातावरण नबनाइरहेको बताएका हुन् ।

मतदानको स्वतन्त्रता सुरक्षित हुनुपर्ने र साचो प्रतिस्पर्धा हुन सक्ने वातावरणमा चुनाव हुँदा एमाले चुनावबाट नभाग्ने उनले बताए । तर, अहिले चुनाव हुने वातावरण नबनिरहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना हुन आवश्यक रहेको बताए ।

IME
khanepani