काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे...

पुरा पढ्नुहाेस्

सल्लाघारीबाट ओली भने, एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नुछ (पूर्णपाठ)

1.76K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिले एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुने अपिल गरे।

उनले भने, ‘हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक एघारलाई एकछिन् ध्यान दिएर हेरौँ, एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् ।’

प्रत्येक एक एमालेले अर्को एक एमालेसँग हात मिलाउँदा छुट्टाछुट्टै एक नरहँने भन्दै एउटै एघार बन्ने बताए।

उनले थपे, ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे हामी साधारण एक–एक, एक मात्र रहनेछौँ । तर एउटाले अर्कोको हात समायो, मन मिलायो हामी एक–एक एघार बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।’




IME
khanepani