काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

सल्लाघारीबाट एमाले अध्यक्षले उत्साहजनक सहभागिताका वीचमा आश्चर्यजनक दिए भाषण (भिडियो सहित)

1.89K
shares
khanepani bord

काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार भने फरक, सन्तुलित र प्रतीकात्मक अभिव्यक्तिसहित प्रस्तुत भए।

शनिवार भक्तपुरको सल्लाघारी पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अधिकांश समय लिखित भाषणमै केन्द्रित रहेर पार्टी पङ्क्तिलाई एकताको सूत्रमा बाँध्न प्रयास गरे र भदौ २३ र २४ पछि आफूलाई लागेको आरोपको कूटनीतिक तरिकाले जवाफ दिएर युवा पुस्ताको मन जित्ने प्रयास गरे ।

उनको सन्देशमा एमालेभित्रको आन्तरिक एकता नै अहिलेको पहिलो शर्त देखिन्थ्यो भने युवा पुस्ताको चाहना र आवश्यकतालाई स्वभाविक मानिए पनि त्यसलाई हाई ज्याक गरेर गरिएको विध्वंस र त्यसपछि बनेको सरकारविरुद्ध कडा प्रतिवाद गरेका थिए । उनले पार्टीको ११ औँ महाधिवेशनको अङ्कको अर्थ नै पार्टीको आन्तरिक एकता भएको तर्क गरे । ‘एक–एक मिलेर एघार बनौँ’ यो नै एकताको दर्शन‘ उनले भनेका छन् ।

ओलीले ११ औँ महाधिवेशनको अङ्कलाई प्रतीकका रूपमा व्याख्या गर्दै भने—‘हामी एघारौँ महाधिवेशनमा छौँ। एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढा टाढा उभिएका एक होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन्।’

उनले थपे–‘‘एक एमालेले अर्को एमालेसँग हात मिलायो, मन जोड्यो भने हामी साधारण एक–एक रहँदैनौँ, हामी एघार बन्छौँ। तर रिस, घात–प्रतिघातमा गयौँ भने हामी एक–एकमै सीमित हुन्छौँ।’

उनका अनुसार, हरेक एमालेले अर्को एमालेलाई जोड्ने शर्त नै ११ औँ महाधिवेशनको मूल सन्देश हो। अध्यक्ष ओलीले युवा पुस्ताको सम्मानमा धेरै समय खर्चे । उनले असहमति जायज, तर विकल्प राजनीतिक दल नै भएको तर्क राख्दै आन्तरिक एकता, राष्ट्रियताप्रति सचेत हुन आग्रह गरे । ओलीले युवाको चाहना स्वाभाविक भएको भन्दै जेन–जी पुस्ताको सम्मान गर्दै भने- ‘असहमति राख्नुस्, आवाज उठाउनुस्। तर त्यो दलको विकल्पमा होइन। जायज विषय, जायज आवाज सम्मान योग्य हुन्छ।’

उनले राजनीतिक उद्देश्य सत्ता परिवर्तन मात्रै नभई सुरक्षा, सुशासन र समृद्धि भएको स्पष्ट पारे। ‘राजनीति सत्ता बदल्ने खेल होइन, नागरिकको ज्यानको सुरक्षा र राष्ट्रिय स्वाधीनताको विषय हो।’ उनले भने ‘सरकार जेन–जी सम्झौता नाटक हो ।’

ओलीले अहिलेको सरकारप्रति कडा आलोचना गर्दै भने— ‘यो जेन–जी सम्झौता नाटक हो, देशविरुद्धको षड्यन्त्र हो। यस्ता नाटक मञ्चन गरेर निर्वाचन हुँदैन। सरकार जालो बनेको छ।’ उनका अनुसार तत्कालको निकास भनेको विघटित प्रतिनिधि सभाको पुनःस्थापना नै हो।

‘संविधानलाई लिकमा फर्काउनुको विकल्प छैन। हामी–हामीबीचको एकता पहिलो शर्त हो।’ उनले चुनावबाट एमाले नभाग्ने सन्देश दिए। ‘डर, दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउने ल्याकत राख्छ। त्यसैले एमाले चुनावबाट भाग्छ भन्ने कल्पना नगरे हुन्छ। एमाले चुनावबाटै परीक्षण भएको पार्टी हो तर यो सरकार कानुनी रूपमै वैध छैन, उसले चुनाव चाहेकै छैन । यो अवस्थामा चुनावै हुँदैन ।’ तर अहिले चुनावको कुरा मात्रै गरेर देशलाई अलमल्याइएको उनको आरोप थियो। ‘संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, हल्ला— यिनै चलिरहेका छन्। नेतामाथि मुद्दा, राहदानी र स्थान हद लगाएर कसरी चुनावको वातावरण बन्छ ?’

उनले सल्लाघारीको जनसागर ‘देश जोगाउने अभियान’ भएको भन्दै नेता कार्यकर्ताको मन जित्ने प्रयास गरे । ओलीले सल्लाघारीको विशाल उपस्थितिलाई लोकतन्त्र र देश जोगाउने अभियानको संज्ञा दिए । ‘यो जनसागरलाई अण्डरमाइन्ड नगरियोस्। एमाले कमजोर बनाउने कल्पना नगरे हुन्छ। एमालेविरुद्ध षडयन्त्र गर्नेहरूलाई यो जवाफ हो, देशैभर एमालेको पक्षमा यस्तै माहौल छ ।’ उनले भने ।

IME
khanepani