काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

‘अपाङ्गता भएका युवाको रोजगारी संयोजन कार्यक्रम’ सम्पन्न

2.07K
shares
khanepani bord

चितवन। रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नेत्रहीन युवा संघ नेपाल जिल्ला शाखा चितवनले आयोजना गरेको अपाङ्गता भएका युवाहरूको रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर नगरपालिका वडा नं. १ स्थित होटेल स्टारमा मङ्सिर २६ र २७ गते गरी दुई दिनसम्म सञ्चालित कार्यक्रममा नगरभित्रका विभिन्न किसिमका अपाङ्गता भएका युवाहरू, संघसंस्था तथा व्यवसायी व्यक्तित्वहरूको रोजगारदाताका रूपमा सहभागिता रहेको थियो।

कार्यक्रममा अपाङ्गताको परिचय, रोजगारीको कानुनी व्यवस्था र सुविधाबारे अधिवक्ता अनिता खड्काले जानकारी दिए। यस्तै रिजाल फुड इन्डस्ट्रीजले रोजगारीमा एकजना अपाङ्गता भएका व्यक्तिलाई आबद्ध गराउने प्रतिबद्धता जनाएको छ।

नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रका महासचिव अर्जुन रावलले बैंक वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी, वित्तीय पहुँच र सहुलियतबारे जानकारी गराए। समाजसेवी तथा शिक्षक सल्लाहकार विपिन पाठकले रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, हक, अधिकार र कर्तव्यबारे स्पष्ट पारे।

कार्यक्रमका लागि रत्ननगर नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको थियो ।

IME
khanepani