वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

सरकारले संघीय संसद्लाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख देवराज घिमिरे

1.5K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

संघीय संसद् सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे ।

सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

सरकारले संघीय संसद्लाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाइ थियो ।

‘२७ भदौमा गएर संसद्लाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु– संसद्को सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन,’ उनले भने ।

सभामुख घिमिरेले सरकारले संघीय संसद्को सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताए ।

IME
khanepani