काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने

3.06K
shares
khanepani bord

जनकपुरधाम । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन् ।

उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।

यस अघि बुधबार नै सभामुख चयन प्रक्रिया अघि बढाइने भनिए पनि नेकपा (एमाले) को ११ औँ महाधिवेशनका कारण प्रक्रिया स्थगित गरिएको थियो । एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन प्रक्रिया केही समयका लागि पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ ।

IME
khanepani