काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

ईशान हत्यामा संलग्नलाई पक्राउ माग गर्दै रुपन्देहीमा प्रहरी कार्यालय घेराउ

1.56K
shares
khanepani bord

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् ।

शर्माको शव तीन दिनअघि घर नजिकै नालीमा भेटिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको र घटनामा संलग्न भएकाहरू पत्ता लगाउन नसकेको भन्दै टोल विकास संस्था, आमा समूह लगायतले प्रहरीलाई दबाब दिन ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका हुन् ।

तीन हजार भन्दा बढीको संख्यामा उपस्थित स्थानीयहरू स्व:स्फुर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको मृतक ईशानका बुबा पुष्पराज शर्माले बताए ।

पोष्टमार्टममा टाउकोमा भएको चोटको कारण रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकले बताएको उनले जनाए ।

यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो ।

शव फेला पर्दा टाउकोको पछाडि भागमा चोट थियो । प्रहरीका अनुसार घटनास्थलमा भने रगत चुहिएको वा लतपतिएको केही देखिएको थिएन ।

IME
khanepani