काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

खानेपानी मन्त्री भण्डारीको पदग्रहण रोचक, निर्देशनमै आर्कषक ठाउँमा गएकाको सुक्यो ओठमुख

मन्त्री भण्डारीले खानेपानी मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिदै भने, 'यो मन्त्रालय खानेपानी मन्त्रालय नै रहोस, खानेबानी मन्त्रालयका रुपमा अब आज देखि देख्न, सुन्न र पढ्नु नपरोस ।'

5.49K
shares
khanepani bord

काठमाडौं । “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको खस्रो पात” भन्ने उखान जस्तै गरि प्रस्तुत भए आज खानेपानी मन्त्री राजेन्द्र सिंह भण्डारी, खानेपानी मन्त्रालयमा मन्त्री पदको पद‌ग्रहण कार्यक्रममा ।

भण्डारीे प्रधानमन्त्री शुशिला कार्कीको सिफारीसमा राष्ट्रपतिबाट शुक्रबार खानेपानी मन्त्रालयको समेत कार्यभार समाल्ने गरि जिम्मेवारी पाएका थिए । उनी श्रम तथा रोजगार मन्त्रीमा यसअघि नै नियुक्ति भएका हुन ।

भण्डारीले पद ग्रहण गर्दा कुनै पनि टिप्पणी सदर गरेनन । नत उनले मन्त्रालयका अधिकारीले गर्ने मानसम्मान र साथसौगात नै स्वीकार गरे । उनले छोटो कर्मचारीहरुसँग परिचय लिदै, उल्टै आर्कषक जिम्मेवारीमा बसेर खुरापाती र मोलाहिजा गरि ठेकेदारसँग कमिशन खाने अधिकारीहरुको ओठमुख सुक्ने गरि निर्देशन दिए ।

सायद यस्तो निर्देशन खानेपानीका स्थायीरुपमा जरा गाढेर बसेका कर्मचारीहरुले कुनै मन्त्रीले दिएको सुनेका थिएनन होला । उनीहरुले सुनेको यो नै पहिलो निर्देशन हुन सक्छ ।

कर्मचारीहरुलाई निर्देशन दिर्दै मन्त्री भण्डारीले भने, ‘देशको तथा खानेपानी मन्त्रालयको वर्तमान अवस्था र अवधिमा जनतालाई आत्माबोध,आफ्नो पन महसुश हुनेगरि योजनासहित र प्रगति देखिने गरि कम गर्नु होस ।’

मन्त्री भण्डारीले खानेपानी मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिदै भने, ‘यो मन्त्रालय खानेपानी मन्त्रालय नै रहोस, खानेबानी मन्त्रालयका रुपमा अब आज देखि देख्न, सुन्न र पढ्नु नपरोस ।’ ‘म यस्तै अपेक्षा बोकेका जनताको आवाजको प्रतिनिधित्व गर्दछु,’ ‘उहाँको मुख्य माग पनि यहि रहेको छ ।’ उनले अगाडि भने, ‘अब आज देखि रोकिएका, जकडिएका, अप्ठ्यारा फुकाउने अवसरका दिनलाई घण्टामा परिणत गरि काम गरेर जनताको मन जित्नुस ।’

उनले कामकाजको बेला आउने अवरोधलाई हटाउँदै अगाडि बढ्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन । स्वच्छ खानेपानीको व्यवस्था मिलाई घर घरमा स्वच्छ खानेपानी पुर्याउने सरकारको प्रतिवद्धता पुरा हुने गरि कामको परिमाण देखाउन पनि मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

खानेपानीका क्षेत्रमा भएका कमिकमजोरीहरु देखिएमा त्यो आमजनमानसमा पुग्ने गरि सूचना सम्प्रेषण गर्न र भ्रष्टाचार, अनियमितता र ढिला सुस्तीका सूचना प्राप्त हुन साथ त्यसमा हस्तक्षेपको आवश्यकता छ, भन्ने कुरामा विशेष जोड दिएका छन ।

मन्त्री भण्डारीले भने, ‘स्वच्छ पानी र स्वच्छ प्रशासन दुवै हाम्रो मूल ध्येय हो भनी गौरवको अनुभूति हुने गरी काम गरौं ।’ अहिलेको स्प्रीडलाई अवसरको रूपमा लिउँ र बदनियतपूर्वक भइरहेका काम आजैदेखि रोक्न मेरो निर्देशन छ’ मन्त्री भण्डारीले भने ।

मन्त्री भण्डारीका लागि किनिएका खादा र माला मन्त्रीले ग्रहण नगरेपछि बेरुजु भयो भन्दै खानेपानीका अधिकारीहरु जिल्ल परेका छन ।

IME
khanepani