काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

खानेपानी बोर्डको कार्यकारी निर्देशकमा चापागाईको पदबहाली, राणाले लिए लामो कार्याकालपछि विश्राम

6.49K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा खानेपानीकै इन्जिनियर डाक्टर डोल प्रसाद चापागाईले कार्यभार सम्मालेका छन ।

उनी काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का दशौ तहका अधिकृत हुन । उनी प्रतिस्पर्धाका आधारमा बोर्डको कार्यकारी निर्देशकमा छनोट भएका हुन ।

खानेपानीमा इमान्दार इन्जिनियरको छवि बनाएका चापागाईको नेतृत्वमा काठमाडौंबासीले स्वच्छ, सफा र शुद्ध पिउने पानी पाउने अपेक्षा राखिएको छ भने कर्मचारीहरुले काविल नेतृत्व पाएको छ ।

बोर्डमा स्वच्छ छवि बनाएका कार्यकारी निर्देशकले आफ्नो जिम्मेवारी चापागाईलाई हस्तान्तरण गरेर सरकारी सेवाबाट सञ्जिवविक्रम राणाले विस्राम लिएका छन ।

राणाले भाबुक स्टाटस लेखेर आज विदाई लिएका छन भने, राणाकै पदचाप पच्याउदै चापागाईले पनि आज पदभार ग्रहण गरेपछि लामो स्टाटस लेखेका छन ।
चापागाईले स्टाटसमा लेखेका छन “आजदेखि मैले यस बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्दै संस्थागत सुधार, दिगो व्यवस्थापन तथा सेवाप्रवाह सुदृढीकरणतर्फ केन्द्रित नयाँ अध्यायको शुभारम्भ गरेको छु। यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर तथा मप्रति व्यक्त गरिएको विश्वासका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समिति, खानेपानी मन्त्रालय, कार्यकारी निर्देशक नियुक्ति सिफारिस समिति तथा ई. डा. संजिव सर प्रति म हार्दिक सम्मान सहित गहिरो कृतज्ञता व्यक्त गर्दछु। यो यत्रामा निरन्तर साथ दिनुहुने परिवारजन, मौन रुपमा हौसला थप्ने आफन्त र मित्रहरु, सम्पूर्ण बोर्ड कार्मचारी साथीहरु, मलाई सधै मार्गदर्शन र बिश्वास प्रदान गर्ने आदरणीय गुरुहरु, र बिभिन्न समाजिक संजाल मार्फत तथा प्रत्यक्ष मलाई भेटि बधाई तथा शुभेच्छा दिनु हुने सबै प्रति आभार प्रकट गर्दछु ।“

चापागाईले डा. राणा प्रति हार्दिक सम्मान सहित गहिरो कृतज्ञता व्यक्त गरेका छन । यो उनको महानताको रुपमा हेरिएको छ । उनले यस अवसरमा साथिभाई र गुरुहरुलाई पनि सम्झना गरेका छन ।

उनले प्रतिवद्धता व्यक्त गर्दै भनेका छन,–’खानेपानी तथा सरसफाई सेवाको दिगो विकास र समाधान (Sustainable WASH Solution) को लागी हामी सबै एउटा स्पस्ट vision सहीद अगाडी बढ्नुको कुनै विकल्प छैन: खानेपानी तथा सरसफाई सेवालाई सार्बजनिक अधिकारको रुपमा स्थापित गर्ने, सस्थाहरुलाई व्यक्तिप्रधान नभई प्रणालीमा आधारित( System Approach) बनाउने र काठमाडौँ उपत्यक खानेपानी तथा सरसफाई ब्यबस्थालाई दिगो, समाबेशी र भविष्य प्रति उत्तरदायी बनाउने हाम्रो साझा दायित्व हो। पारदर्शिता, इमानदारीता र व्यवसायिकताको आधारमा काठमाडौँ उपत्यकाको खानेपानी तथा सरसफाई क्षेत्रलाई अझ सबल, दिगो र न्यायपूर्ण बनाउने मेरो निरन्तर प्रयास रहने छ ।’

चापागाईमा लामो समयदेखि रोकिएको कर्मचारीहरुको वृद्धिविकास अब चाडै हुने कुरामा आम कर्मचारीहरुले विश्वास र भरोसा राखेका छन । उनको कार्यसम्पादन विवादरहित हुने कुराको अपेक्षा पनि कर्मचारीहरुले लिएका छन । चापागाई खानेपानीका क्षेत्रमा विवारहित, अनुशासित, कर्तव्य निष्ठ कर्मचारीको छवि बनाएका अधिकृत हुन । उनले धेरै सरकारी कम्पनी, बोर्ड, लिमिटेड र प्राविधकरणहरुका प्रतिस्पर्धामा नाम निकाल्न सफल भएपनि छनोट हुन सकेका थिएनन ।

बोर्डका कर्मचारीहरुले राणाको विदाई भारी मनले गरेका छन ।

IME
khanepani