काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालका संरक्षक रेशम चौधरीबारे भएको फैसलाप्रति आशंका...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित : १,८९,०३६८९ मतदाता समावेश

2.08K
shares
khanepani bord

काठमाडौँ । निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरेको छ । शनिबार आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३, ३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ म भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ उमेर पुरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ ।

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावलीको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

IME
khanepani