काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

सेवा,सादगी र सुधारको एक उज्यालो अध्याय”

7.4K
shares
khanepani bord

यही सत्यलाई जीवन र कर्मबाट प्रमाणित गर्नु भएको अत्यान्तै सफल नाम हो ई. डा. सञ्जिब बिक्रम राणा।२०७० साल चैत्र २७ गते काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा, सञ्जिब सरले एउटा पद मात्रै होइन, एउटा जटिल प्रणाली, थुप्रै चुनौती र आशा अपेक्षाका साथ भरोसाको ठूलो भारी बोकेर यात्रा आरम्भ गर्नु भएको थियो। करिब १२ वर्ष लामो कार्यकाल पूरा गरी मिति २०८२/०९/०९ मा पदबाट अवकाश लिदै गर्दा एक युग, एक संस्कार र एक उदाहरण छोडेर जानु भयो।तपाईलाई बिदाई गर्दै गर्दा बधाई भन्न मन लाग्यो सॅजिब सर ॥ तपाईले काठमाडौ उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यभार सफलता पुर्बक सम्पन्न गर्दै थुप्रै राम्रा कामहरूबाट गुन लगाएर जानु भएको छ तपाईको ब्यक्तिगत जिबनको अशं सहित सार सॅक्षेपमा मनका कुराहरू, गुनका चुराहरूका बारेमा दुई चार हरप केर्दैछु ।
ब्यक्ति पदका कारण ठुलो हुदैन
पद ब्यक्तिका कारण सम्मानित बन्छ ।

नीतिगत सुधारमा सोचको परिवर्तन
सञ्जिब सरको नेतृत्वको सबैभन्दा ठूलो विशेषता भनेको दीर्घकालीन सोच नै हो ।उहाँका नीतिहरूमा कागजी भन्दा कार्यान्वयनयोग्य, मापनयोग्य र उत्तरदायी हुनुपर्छ भन्ने स्पष्ट धारणा थियो।खानेपानी व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा नीति, प्रविधि र जनविश्वासको त्रिकोण सन्तुलन गर्नु सहज थिएन। तर उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म संस्थागत स्मृति (institutional memory) विकास गरेर बोर्डलाई ठुलो गुन लगाऊनु भएको छ ।नीति त धेरै लेखिन्छ तर कार्यान्वयन पक्ष फितलो हुने मौजुदा अवस्था विद्यमान रहेको हालको परिपिरेक्षमा कागजबाट यथार्थमा नीतिलाई उतार्ने ब्यक्तिको रूपमा लिने गर्छौ हामीले सञ्जिब सरलाई॥
कर्मचारी व्यवस्थापन : डर होइन, भरोसा

सञ्जिब सरको अर्को ठूलो पहिचान थियो मानवीय नेतृत्व।उहाँ कहिल्यै डर देखाएर काम गराउने नेतृत्वमा विश्वास गर्नु हुन्नथ्यो। बरु, कर्मचारीको क्षमता पहिचान, तालिम, जिम्मेवारी र उत्तरदायित्व सन्तुलनमा राखेर काम गराउनु हुन्थ्यो।कुनै कर्मचारी गल्ती गर्दा सजायभन्दा पहिले सुधारको अवसर दिने संस्कार उहाँको दिब्योपदेश जस्तै थियो ।यसले संगठनभित्र विश्वासको वातावरण मजबुत बनायो।सजिब सरको कुर्सी ठूलो भए पनि, स्वर सधैं नम्र रह्यो।आदेशले मात्र हैन, आग्रह अनि सहमतिबाट कार्यालय चल्नु पर्छ भन्ने भावबाट ओतप्रोत थिए सॅजिब सरका बिचारहरू।
आर्थिक सुधार : अनुशासन र पारदर्शिता
खानेपानी बोर्डजस्तो संस्थामा आर्थिक अनुशासन कायम गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य हो। तर सञ्जिब सरको कार्यकालमा आर्थिक पारदर्शिता, बजेट अनुशासन र लेखा प्रणाली सुधार उल्लेखनीय रूपमा अघि बढ्यो।अनावश्यक खर्च नियन्त्रण, प्राथमिकतामा आधारित लगानी, र दातृ निकायसँग व्यावसायिक संवाद— यी सबै पक्षमा उहाँले संस्थागत विश्वसनीयता बढाउनु भयो।आर्थिक सुधारको मूल मन्त्र स्वरूप उहाँले भन्ने गर्नु हुन्थ्यो
“जनताको पैसा जनताको हितमा खर्चिनु पर्छ।”
प्राविधिक क्षेत्र : आधुनिकताको ढोका
इञ्जिनियरिङ पृष्ठभूमिका सञ्जिब सरका लागि प्रविधि केवल उपकरण होइन, समाधानको माध्यम थियो। GIS, asset management, data-based planning जस्ता अवधारणालाई संस्थागत रूपमा भित्र्याउन उहाँले खेलेको भूमिका ऐतिहासिक छ।पानी व्यवस्थापन अब अनुमानमा होइन, यथार्थ तत्थ्याकमा आधारित निर्णयबाट चल्नुपर्छ भन्ने सोच उहाँले व्यवहारमा उतार्नु भयो।त्यसैले त बेला बेलामा हामीले भन्यौं
पाइपभित्र बग्यो पानी,
डाटाभित्र सोच अनि
प्रविधिले फड्को मार्यो
सुधारको ठुलो खोज पनि ॥
सादगीपूर्ण व्यक्तित्व : सम्भ्रान्त तर नम्र
सम्भ्रान्त राणा परिवारमा जन्मिनु भएको भए पनि, सञ्जिब सरको जीवनशैली सधैं सादगीपूर्ण र सरल रह्यो। न त बोलीमा घमण्ड, न त व्यवहारमा दूरी।हिडाई चालचलन कार्यालय, भेटघाट— सबै ठाउँमा उहाँको व्यवहार एउटै थियो:
शान्त, शिष्ट र सम्मानजनक।
यही गुणले उहाँलाई केवल “हाकिम” होइन, आदरयोग्य अभिभावक बनायो।
ठूलो कुलको चिनारीमा बिरासत मात्र होईन ज्ञान बिज्ञानको बिचरणले सॅजिब सरको कुल खान्दानलाई सौभाग्यको प्रतिक बनायो अनि लेखियो “मानिस ठुलो दिलले हुन्छ जातले हुदैन “॥
नेतृत्वको सार : संस्थाभन्दा बाहिर पनि प्रभाव
सञ्जिब सरको नेतृत्व केवल बोर्डमा मात्र सीमित रहेन। नीति निर्माता, मन्त्रालय, विकास साझेदार र स्थानीय तहसँगको समन्वयमा उहाँले संस्थालाई सम्मानित र विश्वसनीय निकायको रूपमा उभ्याउनु भयो।
खानेपानी व्यवस्थापन बोर्ड आज जहाँ उभिएको छ, त्यसको जगमा सञ्जिब सरको आदर्श , निष्ठा, निरन्तरता ,त्याग ,तपस्या र योगदानको निःस्वार्थ सेवाको छाप गाढा र प्रगाढ रूपमा मिसिएको छ।
अवकाश : विदा होइन, विरासत हो ।
कार्यकारी निर्देशकको पदबाट भएको अवकाश सेवाको समाप्ति होईन न त जिवनको थकाई यो त जिम्मेवारी हस्तान्तरणको औपचारिक बिश्राम अनि शालीनताको क्षण मात्र हो।
सञ्जिब सर ! आज औपचारिकरूपमा कार्यकारी निर्देशक पदबाट विदा हुनु भएको छ, तर उहाँका नीति, संस्कार र सुधारका बीजहरू संस्थाभित्र अकुरित भै फक्रने छन् । पदमा नरहे पनि सजिब सरको कार्य शैलीको प्रतिबिम्व छायाँ सरी जग्मगाई रहने छन् सॅजिब सर ! समय त आफ्नो गतिमा प्राकृत हुने नै छ ।
सञ्जिब सर!
तपाईंको योगदान सामाजिक सॅजालको यो लेखमा मात्र हैन,
संस्थाको आत्मामा लेखिएको छ।तपाईंले देखाउनु भएको बाटोमा हिँड्नु,तपाईंले रोप्नु भएको संस्कार जोगाउनु,र तपाईंले सुरु गर्नु भएको सुधारका कार्यहरूलाई निरन्तरता दिनुमा पछिल्लो पिडीको सफलता हुने छ भन्ने बिश्वासका साथ तपाईको अवकाश पछिको जिवन सखमय ,स्फुर्तीमय र हर्षमा बितोस् शुभकामना सॅजिब सर ॥ यो लेख ढकालको फेसबुक वालबाट साभार गरेका हौ ।

IME
khanepani