काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने सरकारको निर्णयको एनआरएनएद्वारा स्वागत

1.25K
shares
khanepani bord

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने नेपाल सरकारको पछिल्लो निर्णयको स्वागत गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई अत्यन्त स्वागतयोग्य र सकारात्मक पहलको रूपमा लिएको जनाएको छ।

एनआरएनएका अनुसार सरकारको यस कदमले इराकमा आवासीय कार्ड भएका झण्डै ३० हजार नेपाली श्रमिकहरूका लागि नेपाल आउजाउ गर्ने सहज कानुनी बाटो खुलेको छ। यसका साथै उनीहरूको रोजगारीले समेत अब वैधानिकता पाएको छ।

हाल इराकको कुर्दिस्तान प्रान्तमा मात्रै अनुमानित १२ हजारभन्दा बढी र बग्दाद आसपासमा लगभग ४ हजारभन्दा बढी नेपालीहरू बहुराष्ट्रिय कम्पनी, दूतावास, होटल, विमानस्थल, अस्पताल, र निर्माण क्षेत्रमा कार्यरत छन्। यसअघि प्रतिबन्धित देशको सूचीमा रहेका कारण उनीहरू राहदानी नवीकरण र कन्सुलर सेवाबाट वञ्चित भई समस्या भोगिरहेका थिए।

सरकारको यस निर्णयले इराकमा जन्मिएका बालबालिकालाई कानुनी रूपमा नेपालसँग जोड्ने, अवैधानिक रूपमा रहेकाहरूलाई कानुनी दायरामा ल्याउने र भविष्यमा इराकलाई सुरक्षित श्रम गन्तव्यका रूपमा पुनः सूचीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। अब त्यहाँका श्रमिकहरू बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको दायरामा समेत समेटिनेछन्।

IME
khanepani