यौन दुराचारीलाई कारवाहि कहिले, भ्रष्टाचारीहरुको लुक्ने दिन नजिकिदै
कुकुर भन्दा पनि तल्लो स्तरका कर्मचारीहरुलाई राजा पालेजसरी पालि रहने खानेपानी मन्त्री राजेन्द्रसिंह भण्डारी, खानेपानी सचिव रामआधार साह र प्रशासन महाशाखा प्रमुख रुद्र प्रसाद पण्डितहरुको विवेकमा विक्रो लागेको हो कि यीनीहरुलाई पनि भ्रष्टाचारको भाग आएको हो ?
वि.सं.२०८२ पुस १५ मंगलवार १३:०२
shares

काठमाडौं । कर्मचारी कति भ्रष्ट छन भन्ने कुराको उदाहरण दिदै पोखरा नगरपालिकाका एक जना कम्प्युटर अपरेटरले जागिरबाटै राजिनामा दिएका छन । उनले मिडियालाई साक्षी राखेका राजिनामा दिएका हुन । भ्रष्टाचार जागिरको शुरुका दिनदेखि गर्न सिकाएका हुन, उनले गण्डकी छड्केसँग निर्धक्कसँग भनेका छन ।
तर, यहाँ भ्रष्टाचारीहरुले अर्को भ्रष्टाचारीलाई आफ्नो मनपोलि लागु गराउन दिन दाहाडै ढाटछलको खेति गरिरहेको छन । अर्को भ्रष्टचारी केहि लाख पैसा आउँछ कि भनेर उक्त भ्रष्टाचारलाई मलजल गरिरहेको हुन्छ । त्यो भ्रष्टाचारी भ्रष्टाचार गर्न नपाएको झोकमा कर्मचारीहरुको सरुवा गर्दछ । महिला कर्मचारीहरु दिनदाहडै यौन र्दुव्यहारको सिकार हुदाँ अर्को भष्टाचारी छेउमै बसेर मुसुक्क मुस्कुराइरहेको हुन्छ ।
सरकारले ऐन र नियमनै बनाएर साना, निम्सरा सामान्य लेखपढ गर्न जान्नेलाई कार्यालय सहायक, सवारी चालक र कम्प्युटर अपरेटमा आफु खुशि करारमा कर्मचारी राखेर आफ्नो यौन तृष्णा पुरा गराउन सक्ने प्रावधान राखेको देख्न सकिन्छ । एउटालाई राखेर तृष्णा पुरा गराएपछि उसलाई हटाएर अर्को राख्न पाउँछन । यसमा कुनै खतवात लाग्दैन ।
जागिर जोगाउन र आफ्नो समाजमा भएको इज्जत जोगाइरहन ती निम्सरा कर्मचारी हाकिम फेरीदै पिच्छे मुर्छा पर्छन र मुर्छाबाट बौरिन बाध्य हुन्छन ।
यस्ता हजारौ घटना हुदाँ समेत एमाले, कांग्रेस वा जेन्जी सरकारले सुन्न, देख्न र बुझ्न सकेको छैन । पैसा र पावरका अगाडि हजार अपराध पनि ढाकछोप हुदै आएका छन ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयमा एक जना सिईडिले एक जना जुनियर महिला कर्मचारीसँग गरेको र्दुव्यहारको घटना घरपरिवारसम्म पुग्यो तर त्यहाँ पिडक पैसा र शक्तिका कारण पिआईडिमा हालिमुहाली गरिरहेका छन तर, पिडितको भने सरुवा भयो ।
भ्रष्टाचारीहरु पैसा मात्र देख्छन, तर एक जना महिला कर्मचारीमाथि भएको र्दुव्यवहार देख्दैनन । पिआईडिका पिडि लक्ष्मीप्रसाद उपाध्याय त्यस्तै दुराचारीलाई अगाँलो हालेर आफ्नो अभिष्ट पुरा गरिरहेका छन ।
उनले कुपण्डोल कानदेवताको थानदेखि सानेपा हाइटसम्मको पाइप लाइनमा हालसम्म पानी चलेको छैन । त्यहाँ १५ सय मिटर १५० एमएमको पाइपलाइन गरिएको थियो । तर, यौन दुराचारी विकेश र यौन दुराचारीको संरक्षक लक्ष्मीले (भेरिफिकेशन अडर) भिओ गरेर पुरानै ठेकेदारलाई काम दिने गरि नियोशेशन (आन्तरीक छलफल) गरिरहेका छन ।
यस्तो कुकुर भन्दा पनि तल्लो स्तरका कर्मचारीहरुलाई राजा पालेजसरी पालि रहने खानेपानी मन्त्री राजेन्द्रसिंह भण्डारी, खानेपानी सचिव रामआधार साह र प्रशासन महाशाखा प्रमुख रुद्र प्रसाद पण्डितहरुको विवेकमा विक्रो लागेको हो कि यीनीहरुलाई पनि भ्रष्टाचारको भाग आएको हो ?
यसरी यौन दुराचारी, भ्रष्टाचारीलाई मात्र हैन यीनीहरुलाई जोगाउने हरामिहरुलाई समेत कुनैदिन घरपरिवारकै अगाडि घिसारेर सडक ल्याउने अवस्था नआउलान भन्न सकिदैन ।
त्यसका लागि जेन्जी समुहवीच छलफल चलिरहेको समाचार स्रोतले दावी गरेको छ । भ्रष्टाचारीहरुलाई अब परिवारकै अगाडि घिसारेर सडकमा ल्याएर तमासा नदेखाएसम्म भ्रष्टाचारीहरु र दुराचारी हरुको चेत फर्किने देखिदैन ।
























