काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भ्रष्टाचारै भ्रष्टाचारले थिलथिलो आयोजनामा लक्ष्मीप्रसादको ताण्डव नृत्य !!!

पाईप र फिटिङका सामान खानेपानी आयोजनाभन्दा अनेत्र प्रयोग हुन नसक्ने भएका कारण ती सामान आयोजनालाई नै दिनकालागि पीडि, स्टोर किपर र प्रशासन प्रमुखहरु फेरबदल गर्न बैद्य शक्ति केन्द्रमा धाउने गरेका छन् ।

4.72K
shares
khanepani bord

काठमडौं । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशालयमा अहिले त्यहाँका प्रमुखको खुलेआम तान्डव नृत्य हेर्न लायक रहेको छ ।

भ्रष्टाचारै भ्रष्टाचारले थिलथिलो भएको आयोजनामा निर्देशानालयका पीडि लक्ष्मीप्रसाद उपाध्ययले ठेकेदार र केही अन्य कर्मचारीसंगको अबैध साँठगाँठ गरि खुला रुपमा अनियमितता गर्ने गराउने कार्यमा सकृय बनेको आरोप लागेको छ । प्राप्त जानकारी अनुसार निर्देशानलयबाट गरिएको पाइप लाईनहरु गरिएको बबरमहल र लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाको पानी पठाउदाँ पाईप फुटेर क्षति भएपछि खानेपानी मन्त्रालयका सहसचिब इन्जिनियर रमाकान्त दवाडीको सयोजकत्वमा गठित समितिले दिएको प्रतिबेदनमा गुणस्तरहिन रहेको देखाईएको छ । त्यसैगरी, खुमलटार रिर्जभवे ट्याङ्की र काठमाडौैं जिल्लाको माकलबारी स्थित रिर्जभवे ट्याङ्की निर्माण गर्दा गर्दै खुमलटार रिर्जभवे ट्याङकी फुटेपछि तत्कालिन पीडि कमलराज श्रेष्ठले भेरिफिकेशन अड्र (भीओ) गरि उही ठेकेदारलाई उत्तिकै बराबर मुल्यमा कायम गरि ट्याङ्की पुर्ननिर्माण गरिएको, तत्कालिन ठेकेदार शर्मा कन्ट्रक्सन र सर्भे डिजाइनर गर्ने कन्ट्रक्सनलाई ट्याङ्की पुर्ननिर्माणको विषयमा जवाफदेही नबनाई, आर्थिक अनियमितता गरि काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि उजुरीलाई मुल्तविमा राख्नकालागि अख्तियारमा तत्कालिन सहसचिव हालका आयोजनाका पीडि लक्ष्मीप्रसाद उपाध्ययाले भूमीका खेलेको समेत आरोप लागेको छ ।

यसैगरी, माकलबारी रिर्जभवे ट्याङ्कीको छेउमा रहेको पर्खाल निमार्ण गर्दा कम ग्णस्तरको सामाग्री प्रयोग गरी निर्माण गरेको उक्त पर्खाल भत्किएई छेउछाउका बस्तीलाई समेत असर पु¥याएको छ । उक्त पर्खाल हालसम्म पनि निर्माण नगरिदाँ ट्याङकीमा हालसम्म पानी हाल्ने काम सकिएको छैन । साथै, खानेपानी आयोजनामा सप्लार्यससंग करोडौंको सामान तत्कालीन पीडि कमलराज श्रेष्ठले लिई १९ करोड रुपैयाँ भुक्तानी गरेको र करिव ९ करोडको सामान भुक्तानी गर्न बाँकी हुदाँ हुदै पीडिको सरुवा भएको थियो । पछिल्ला पीडिले समिति गठन गरेर समितिको सिफारिस अनुसार जमीन मुनी विछ्याइएका पाईपहरुको भुक्तानी दिने र सप्लायर्सद्वारा दिएका फिटिङका सामानहरु गुणस्तहिन भएका हुदाँ फिर्ता गर्ने निर्णय गरेका थिए । उक्त सप्लायर्स हागजाउ आशिसका किरण बैद्यलाई फिर्ता गरिएको थियो ।

विडिएस फो को ठेक्काबाट कट्टी हुने गरि पाईपको भुक्तानी गर्न समितिले सिफारिस गरेको थियो । उक्त पाईप र फिटिङका सामान खानेपानी आयोजनाभन्दा अनेत्र प्रयोग हुन नसक्ने भएका कारण ती सामान आयोजनालाई नै दिनकालागि पीडि, स्टोर किपर र प्रशासन प्रमुखहरु फेरबदल गर्न बैद्य शक्ति केन्द्रमा धाउने गरेका छन् । त्यसैगरी, ललितपुर जिल्लाको कुपन्डोल कानदेवताको थानदेखि सानेपा हाईटसम्म १५ सय मिटर १५० एमएमको पाईप विछ्याईएकोमा उक्त पाइप लाइनमा पानी सप्लाई नभएपछि पीडि लक्ष्मी उपाध्ययले पाईप लाइनको डिजाईन गर्न डिजाईनर ठेकेदारलाई सोधपुछ र मुद्दा नगरिकन पुनः भेरिफिकेशन –भीओ) गरि पुरानै ठेकेदारलाई काम दिएका छन । डिजाइन गर्ने सुपरभिजन गर्ने प्राविधिक कन्सलटेन्टको लापरबाही हुदाँ हुदै क्षतिपुर्ति असुलउपर गर्ने तर्फ नलागी लामा कन्ट्रक्सनलाई पुन ठेक्का लगाई करोडौ असल्ने माध्याम बनाएका छन् ।

IME
khanepani