काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

केयुकेएलका भ्रष्ट सिइओ पौडेल संचालक समिति र मन्त्रालयलाई छल्दै देखाउदै छन दादागिरी

मन्त्रालयका अधिकारी पौडेलको ललिपममा मख्ख, अपराधको साक्षी संचालक समिति

6.38K
shares
khanepani bord

काठमाडौं । भ्रष्टाचारीहरु भ्रष्टाचारको स्रोत लुकाउन र भ्रष्टाचारलाई विषयअन्तर गरि नियमित लुटीरहन आफ्नो जिम्मेवारी कसरी साना तहका कर्मचारीहरु र ज्यालादारी कामदारको जिम्मा लगाएर आफु मासिक ३ लाख तलवभत्ता पचाउँछन भन्ने उदाहरण हुन काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का सिईओ अशोककुमार पौडेल ।

पौडेलको तलव मासिक ३ लाख छ । उनी महिनामा तीन देखि चारवटा भन्दा बढी १ देखि ४ तहसम्मका कर्मचारीहरुलाई पेलेर तेल निकाल्न सकिन्छ भनि जोखना हेरीरहेका हुन्छन । ग्राहकहरुको महशुलबाट ३ लाख तलव बुझ्ने सिइओ, घरघरमा गएर कुकुरलाई टोकाउँदै महसुल उठाउने कर्मचारी तथा कामदारहरुको देनिकि दयालाग्दो छ ।

सिइओ पौडेल आफ्नो तलवभत्ताका लागि कामदारलाई पेल्ने योजना बनाउँदै, एक करोडको गाडि चढेर तीन जना कार्यालय सहयोगिहरुलाई पालैपिलो फेरी फेरी खाना र खाजा बनाएर कार्यालयमै खाने गर्दछन । उनी राष्ट्र बैकका कम्प्युटर अपरेटर हुन । राष्ट्र बैकबाट अपमानित ढंगले हटाईएपछि जागिरको लागि भौतारीदा भौतारीदै केयुकेएलको सिइओ बनेका हुन । राष्ट्र बैकका कर्मचारीहरु प्रायः रिटार्यर भएपछि प्राइभेट बैकहरुमा सानको जागिर खान्छन । तर, पौडेलले त्यो अवसर पाउन सकेनन । उनलाई कुनै पनि बैकले सहायक स्तरको समेत काम दिन राजी भएनन ।

राष्ट्र बैकका कर्मचारीहरु मध्ये अत्यन्तै घमण्डी, अहंकारी र रुखो स्वभावका कर्मचारी हुन पौडेल । त्यसैले निजी वित्तिय सस्थाहरुले उनलाई पत्यायनन । केयूकेएलको आन्तरीक किचलोका कारण उनलाई केयूकेएलको सिइओको चिठ्ठा परेको हो । उनले केयुकेएलमा अति भ्रष्ट, लाचारी, क्रुर र दिउँसै गाजा खाएर हिड्ने कर्मचारीहरुलाई साथ लिएका छन ।

केयूकेएलका सिइओले संचालक समितिलाई समेत छल्दै कामदार कर्मचारीहरुबाट ग्राहकले बाकि बक्यौता र मिटररिडरको गल्तीले गलत हुन गएमा प्रतिशत निर्धाण गरेर तलव भत्ताबाट कटाउने एउटा हावादार, सरकारी ऐन र नियम, आर्थिक ऐन र नियम विपरितको निर्देशिका जारि गरेका छन ।

केयूकेएलको नौ तहका विक्रम आर्चाय त आफु मातहतका कार्यालयहरुमा चिठ्ठी पत्र समेत आफै बोकेर जान्छन । उनी कार्यालय सहायकले गर्ने काम गरेर भएपनि सिईओ पौडेलको विश्वास जित्न सफल भएका छन ।

केयूकेएलका सिइओले संचालक समितिलाई समेत छल्दै कामदार कर्मचारीहरुबाट ग्राहकले बाकि बक्यौता र मिटररिडरको गल्तीले गलत हुन गएमा प्रतिशत निर्धाण गरेर तलव भत्ताबाट कटाउने एउटा हावादार, सरकारी ऐन र नियम, आर्थिक ऐन र नियम विपरितको निर्देशिका जारि गरेका छन ।

उनले जारी गरेको निर्दैशिक अनुसार आफु जसरी पनि जागिरमा जोगिरहने र आफ्नो गल्ती अरुका थाप्लोमा हाल्ने गलत कार्यका रुपमा लिइएको छ । यस्तो नियम प्राइभेट कम्पनीहरुमा समेत छैन भने कुन ग्रहबाट यस्तो निर्देशिका पौडेलले ल्याउने कुचेष्टा गरेका होलान ?

सिइओ पौडेलको आर्थिक अपराधलाई केयूकेएलका उमेश मरठ्ठा, रमेश केसी, इला भट्ट, मनिस ढुगाना, नारायण कर्ण र योगेन्द्रबहादुर वमले साथ दिएका छन ।

यसमा केयुकेएलको सौदावाजी समितिको पनि हात रहेको केयुकेएलका एक अधिकारीले बताएका छन । सिइओ यो निर्देशिका लागू गराउँछु भनिरहदाँ सौदाबाजी समितिका सबै सदस्यहरु मौन रहनु, मातहतका कर्मचारीहरुलाई जानकारी नगराउनुले उनीहरुको पनि हात रहेको प्रष्ट हुन्छ ।

निर्देशिका लागू भएपछि देखाउनका लागि देखाउने युनियनहरुका नेताहरुको दोहोरो चरित्र मात्र हो भनेर ति अधिकारीले नेपाली जनतासँगको कुराकानीमा बताएका छन । यो निर्देशिका ल्याउने काममा युनियनका नेताहरु केशब अधिकारी, दिलकुमार तण्डुकार, सारदा बोहोरा र गोपाल सिंह धामी नै मुख्य जिम्मेवार रहेको ति अधिकारीको आरोप छ ।
\
कर्मचारीहरुको अगाडि सिइओको कार्यकक्षमा घेराउ गरे जस्तो गरेर कर्मचारीहरु वीच नाटक गर्ने गरेको पनि ति अधिकारीहरुले आरोप लगाएका छन ।
जेन्जी युवाहरुको रगतको टिका लगाएर आएका मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयका भ्रष्टचारीहरुलाई कसिलो अगाँलो मारेका कारण भ्रष्टाचारीहरुको मनोवल उच्च हुन पुगेको छ भने साना र तल्लो तहका कर्मचारीहरु क्रमशः फेलानमा पदै आएका छन ।

खानेपानी मन्त्रालयका सचिव र प्रशासन महाशाखाका सहसचिवलाई खानेपानीका भ्रष्टाचारीहरुले मोटो रकम दिएर किनिसकेको आरोप पनि लाग्ने गरेको छ । प्रधानमन्त्री कार्यालयमा खानेपानी मन्त्रालय अन्तरगतका भ्रष्टाचारीहरुको नाम नै किटेर टिका टिप्पणी चलिरहेको थियो ।

खानेपानीको भ्रष्टाचारको समाचार नियमित लेखिरहेपछि खानेपानीका भ्रष्टाचारीहरुले नेपाली जनताको टिम प्रति नकरात्मक टिप्पणी समेत गदै हिडेका छन ।
सरकारी कर्मचारीहरु कसैले पनि काठमाडौंमा घर र जग्गा किन्न सक्ने हैसियत राख्न सक्दैनन, उनीहरुको तलव स्केल हिसाव गर्ने हो भने, प्रायः सबै मुख्य सचिव, सचिव सहसचिव र उपसचिव र अधिकृतहरुले सेना र प्रहरीका अधिकारीहरुका काठमाडौंमा घर घरेडी जोडेर छोराछोरी कसरी पढाउन सफल भए होलान ? के यो आश्चार्यको विषय होइन ?




IME
khanepani