पुर्बी रुकुममा नेकपालाई कांग्रेसका गणेश मल्लद्वारा खुला चुनौती
वि.सं.२०८२ पुस १७ बिहीवार १२:०९
shares

काठमाडौं । जेन जी पुस्ताको आन्दोलनको बलबाट गठन भएको सुशिला कार्की नेतृत्व अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने अन्तिम तयारीमा जुटेको छ । यसैक्रममा दलहरुले निर्वाचनमा आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएसंगै सुरु भएको निर्वाचन चलहपहल गाँउगाँउसम्म पुगेको पछिल्लो घटनाक्रमबाट प्रष्ट भएको छ । सोही अनुसार जिल्लाजिल्लामा दलगत प्रतिस्पर्धा समेत हुने देखिएको छ ।
चुनावी सरागर्मी बढे संगै निर्वाचनमा कसले बाजी मार्ने हो भन्ने चर्चा समेत चुलिएको छ । यस चर्चासंगै माओबादीको उद्गमस्थलको रुपमा रहेको रुकुममा समेत निर्वाचनको चर्चा सुरु भएको छ । माओबादीको दश बर्षे सशस्त्र संघर्षको केन्द्रमा रहेको जिल्ला मध्ये अग्रणी मानिने रुकुममा पछिल्लो समय माओबादीका प्रभावशाली नेता जर्नादन शर्माको बिद्रोह पछि अब माओबादीको अवस्थामा समेत अनेक चर्चा परिचर्चा सूरु भएको छ । सोही क्रममा रुकुम पश्चिममा नेकपालाई नेपाली काँग्रेसले खुला चुनौति समेत दिएको छ । सो क्षेत्रमा जर्नादन शर्माले जित्ने सम्भावना बढी देखिएपनि निर्वाचनमा कस्ले जीत हासिल गर्ने हो भन्ने बारेमा यकिन भने गर्न नसकिने अबस्था रहेको छ ।
रुकुम पूर्वमा भने अबको निर्वाचनबाट फरक नतिजा आउने जिल्लाका बौद्धिक ब्यक्तिहरुको बिष्लेषण रहेको छ । जेनजी आन्दोलन र जर्नादन शर्माको बिद्रोह पछि रुकुम पुर्वले नयाँ ईतिहास समेत लेख्ने विष्लेषकहरको भनाई रहेको छ । आगमी फागुनमा हुने चुनावमा मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस बिचनै हुने पक्कापक्कि भएको समेत बताइएको छ । सो प्रस्पिर्धाबाट यस पटक बिगतको रेकडलाई भत्काउदै नेपाली कांग्रेसले जित हात पार्ने जिल्लाका बौद्धिक ब्यक्तित्व र स्थानीय नेताहरुले समेत अनुमान गरेको बताइएको छ ।
यो पटक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले पुर्वमन्त्री तथा पुर्व माओबादीको भातृी संगठन वाईसेलका पुर्व अध्यक्ष गणेशमान पुन सहित ९ जनाको नाम सिफारिस गरेको छ । भने नेपाली कांग्रेसबाट तरुण दलका केन्द्रयी सदस्य गणेशकुमार मल्ल र कुसुम थापा लगायतको नाम सिफारिस गरि पठाएको छ । यी दुई जना मध्ये जिल्लाका मतदाता बीच लोकप्रिय रहेका कारण तरुण दलका केन्द्रिय सदस्य गणेशकुमार मल्लले टिकट पाउने प्रायःनिश्चित रहेको छ । बिगतमा राष्ट्रिय भुमि आयोगमा रहेर जिम्मेवारी निभाएका मल्ल व्यपारी, समाजसेवी युवाका रुपमा रुकुम पश्चिममा स्थापीत भएको बताइएको छ ।
सामाजिक रुपान्तरण तथा ग्रामीण बिकासको आधार (फोस्टार्ड) नेपालका केन्दिय अध्यक्ष समेत रहेका गणेश कुमार मल्ल अवसर पाएमा गर्न सक्ने युवाको रुपमा मतदाता र स्थानीय युवा र बुद्धिजीवि बिच चिनिदै आएका छन । माओबादीको जिल्लाबाट ९ जनाको नाम सिफारिस भए पनि केन्द्रबाट गणेशमान पुनले टिकट पाउने बढी सम्भावना देखिन्छ । तर, उनले टिकट पाए पनि जित्ने सम्भावना भने निकै कम रहेको बताइएको छ । गणेशमान पुन जिल्लामा पटक पटक अवसर पाएर पनि काम गर्न नसक्ने नेताका रुपमा चिनिदै आएको बताइएको छ ।
पटक पटक पुन र उनको श्रीमती संगिनी कमला रोका रुकुम पूर्वबाट मन्त्री, सांंसद बन्दै आएपनि जनताको काम नगरेको आरोप लागेको छ । केन्द्रबाट योजना पार्न एवं विकासका काम गर्न नसकेको मात्र होईन उनीहरुले पूुर्वी रुकुमको सदरमुकाम रुकुमकोट राख्ने कि पुथा उत्तरगंगा गोलाखाडा राख्ने भन्ने बिवादमा समेत रुकुमकोट राख्ने भन्ने पक्षमा उभिएपछि उनको लोकप्रियता घटेको बताइएको छ । उनलाई मगर समुदायकै मत नआउने गोलाखाडाका स्थानियले बताउँछन ।
एकातर्फ पुर्व माओबादीमा जर्नादन शर्माको बिद्रोह अर्काे तर्फ नेकपा एमाले र नेपाली कांग्रेसबिच चुनावी तालमेल हुने बढी सम्भावना त्यसमाथि गणेश मान पुुनलाई परिवारवादको आरोेप लगाउदै नेपाली कम्युनिष्ट पार्टी भित्रै असन्तोष भएपछि त्यसको फाईदा कांग्रेसका गणेश कुमार मल्ललाई पुग्ने स्थानीय बासिन्दाहरुले अनुमान गरेका छन् । पार्टी गत रुपमा पनि बलियो जनताको बिचमा पनि लोकप्रिय मल्ल नेपाली कांग्रेस भित्र पनि शेरबहादुर देउबाका कट्टर समर्थक समेत रहेका छन् ।
बिगतमा प्रदेशको चुनामा समेत माओबादीकै बागी उम्मेदवार सुरल पुनले माओबादी गठबन्धनका उमेदवार पुर्व डिभिजन कमाण्डर तेजबहादुर वलीलाई धेरै मतान्तरले हराएका थिए । यसबाट पनि रुकुम पूर्वमा माओबादी हँुदा देखिकै अन्तर संघर्ष नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुग्दा त्यसको फाईदा यस पटक कांग्रेसले योग्य उम्मेदवार उठाएको खण्डमा जित्ने अबस्तथा रहेको बताइएको छ ।
























