सरकारी ढुकुटीको दोहनमा मेलम्चीको गुफाडाँडा उपयुक्त : भएन खर्चको पारदर्शीता
जिसस सिन्धुपाल्चोकले सम्मेलनसहित दुई वटा जलवायु दिवसमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक नगरेपछि सोही नजिर देखाउदै मेयर तामाङले पाँचौ र छैंटौ सम्मेलनको नाममा गरिएको खर्चको पारदर्शीता गर्न चाहेका छैनन ।
वि.सं.२०८२ पुस १८ शुक्रवार १०:३३
shares

काठमाडौं । देशमा गणतन्त्र आएपछि सुरु भएको संघियता र स्थानीय तह सरकारको नेतृत्व गर्नेबाट सरकारी रकमको अपचलन र भ्रष्टाचार गर्नेमा पहिलो नम्बरमा परेको छ । प्रत्येक वर्ष महालेखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेर दिएको प्रतिबेदनमा सरकारी ढुकुटीको खुलेआम दोहन गर्नेमा स्थानीय जनप्रतिनिधि पहिलो नम्बरमा नै पर्ने गरेको उल्लेख गरेको छ ।
यि दुवै निकायले देशभरका स्थानीय निकायदेखि सवै सरकारी कार्यालयमा भएको अनियमितात, गैरकानुनी रुपमा गरिएको खर्चको विवरण सहित राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाई सकेको भएपनि सरकारी निकायबाट सो प्रतिबेदनमा उल्लेख गरिएका अबैध र अनियमितताको बारेमा चासो नदिएका कारण नियन्त्रण हुनेभन्दा पनि झन बढ्दै गएको छ । तर सो प्रतिबेदनमा उल्लेख गरिएको विषयलाई राज्य सञ्चालकले चासो नदिएका कारण सवभन्दा बढी अनियमितता र भ्रष्टाचार स्थानीय निकायमा हुने गरेको पछिल्ला घटनाबाट प्रष्ट भएका छन् ।
यहाँ सवै स्थानीय निकायमा जनताबाट निर्वाचित भएको हुँकार गर्दै आएका जनप्रतिनिधिबाट विभिन्न बहना देखाउदै सरकारी ढुकुटीको रकम अन्धधुन्ध खर्च गर्ने गरेको पाईएको छ । यसैक्रममा विश्वको टाउको दुखाई भएको जलवायु परिवर्तनको नाममा करोडौ रुपैयाँ एउटा मेयर र अध्यक्षको एकल निर्णयबाट खर्च हुदै आएको र सो खर्चबाट उपलव्धी भने शुन्य रहेको एक अध्ययनले देखाएको छ । तर पनि प्रत्येक वर्ष जलवायुको नाममा करोडौ रुपैयाँ निकासा गरि आफुखुशी खर्च गरिदै आएको छ ।
यसरी खर्च गर्नेमा पनि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका पहिलो नम्बरमा पर्ने गरेको छ र सो पालिकाका मेयर रहेका आइतमान तामाङ । उनी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएपनि उनले जनताको भन्दा पनि आफ्नै बढी विकास गरेको व्याङ्ग समेत मेलम्चीकै काँग्रेस कार्यकर्ताहरुले गरेका छन । उनको पृष्ठभुमी ठेकदार हो त्यो पनि श्रेणी विहिन । उनी ठेक्कापट्टा लिन शक्तीकेन्द्रको गुलामी गर्दै प्रायःसवै दलको सदस्यता लिई अन्त्यमा नेपाली काँग्रेसको तर्फबाट मेलम्ची नगरपालिकाको मेयर पदमा चुनाब जित्न सफल भएका व्यक्ती हुन ।
उनी विकास निर्माणको नाममा आफु निकट ठेकेदारलाई विभिन्न शिर्षकमा ठेक्का देखाउदै सरकारी बजेट विनियोजन गर्दै आएको र सोही ठेक्का दिईएको कम्पनीबाट मोटो रकम कमिशन असुली गर्दै आएका मेयर तामाङले अहिले गतिलो बहना पाएका छन् जलवायु परिवर्तन र गुफाँडाडा । सो डाडामा विसं २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा जलवायु सम्मेलनको नाम दिएर पहिलो सम्मेलन मनाएको थियो । त्यस समयमा सो सम्मेलनको आयोजना गर्ने जिल्ला समन्वय समितिका प्रमुख थिए कृष्णगोपाल तामाङ । उनी एमालेका जिम्मेवार सदस्य समेत हुन ।
उनले सो तत्कालिन समयमा गरेको सम्मेलनको खर्च अहिलेसम्म सार्वजनिक गर्न सकेनन् । कहाँ कति खर्च भयो त्यसको लेखाजोखा समेत भएन र करोडौ रुपैयाँ सरकारी ढुकुटी विनियोजन गरेर आफुखुशी खर्च गरेर र लाखौ रुपैयाँ कमिशन लिएको आरोपको खण्डन कृष्णगोपाल तामाङले छैंटौं सम्मेलन गरि सक्दा समेत गर्न सकेका छैनन । कारण सो सम्मेलनको नाममा आफुखुशी सरकारी ढुकुटीको दोहन गरेको र त्यसको हिसवा नराखिएका कारण कृष्णगोपाल तामाङले खर्च विवरण सार्वजनिक गर्न नसकेको उनी निकट एमालेका नेता तथा कार्यकर्ताहरुले बताएका छन् । त्यस समयदेखि जलवायु परिवर्तनको नाममा गरिने सभा समम्मेलन र गोष्टीबाट राम्रो अम्दानी हुने र सरकारी निकायले समेत खासै खोजीनिति नगर्ने भएपछि सो धन्दालाई जनप्रतिनिहिरुले निरन्तरता दिदै आएका छन् ।
सरकारी रकममा देउसी खेल्दै आएका जनप्रतिनिधिहरुले छैटौं सम्मेलनको नाममा गरिएको खर्चबाट के उपलव्धी भयो भन्ने बारे कुनै जानकारी दिन सम्बन्धीत जनप्रतिनिधिको हिक्मत छैन । सो बारे प्रश् नगरेको खण्डमा अनेक आरोप लगाउदै पैसा मागेको थियो त्यो नदिएपछि रिसले लेखेको भन्दै सामाजिक सञ्जालमा फेरी सरकारी रकम नै खर्च गरेर लेख्ने कार्य हुने गरेको छ । मेलम्ची नगरपालिकाको आयोजनामा एउटै मेयरले पाँचौ र छैटौं जलवायु सम्मेलन गुफा डाडामा मनाएको छ तर सो सम्मेलनबाट भएको उपलव्धी भने नगरपालिकाको कुनै पनि ठाउँमा उल्लेख गरिएको छैन ।
कारण सम्मेलनको नाममा अबैधरुपमा गरिएको खर्चमात्र देखिएकाले सम्मेलनपछि त्यसको कुनै चार्चा समेत नगरपालिकाले गर्ने गरेको छैन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९, मा पर्ने सो गुफाडाँडामा मेयर तामाङले छैंटौं जलवायु दिवस मनाएको भन्दै गरिएको प्रचारमै सरकारी रकमको दोहन भएको आरोप सिन्धुबासीहरुले लगाएका छन् । विकास निर्माणमा बजेट नभएको भन्दै आएका मेयर तामाङले सो सम्मेलन गर्न कहाँबाट बजेट पाएभन्ने बारे पनि अहिले मेलम्ची क्षेत्रमा चर्चाको विषय बनेको छ ।
उनले पनि विसं २०७५ मा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरता स्वरूप जलवायु दिवस मनाउने निर्णय गरेर कमिशनकैलागि सो सम्मेलनको सञ्चालन गर्दै आएको आरोप समेत लागेको छ । यसै सम्बन्धमा मेयर तामाङलाई पटकपटक फोन सम्र्पक गर्दा उनी सम्र्पक आउन चाहेनन् । त्यस समयमा समितिले जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गर्न नसकेको अबस्थामा मेलम्ची नगरपालिकाले गर्ने खर्चको समेत विवरण सार्वजनिक भने गर्ने आँट मेयर तामाङमा रहेको देखिदैन ।
आजसम्म जिसस सिन्धुपाल्चोकले सो सम्मेलनसहित दुई वटा जलवायु दिवसमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक नगरेपछि सोही नजिर देखाउदै मेयर तामाङले समेत जलवायुको परिवर्तनको नाममा गरिएको पाँचौ र छैंटौ सम्मेलनको नाममा गरिएको करोडभन्दामाथीको रकम खर्चको पारदर्शीता गर्न चाहेका छैनन । यसरी जलवायु र गुफाडाँडाको नाम भजाउँदै आएको जलवायु सम्मेलनमा सहभागी हुन बागमतीका मुख्यमन्त्रीको हेलिकप्टर मोहन भने झन छुट्टै रहेको छ । गुफाडाँडाको नाममा सरकारी रकमबाट हेलिकप्टर चढेर शयर गरेका मुख्यमन्त्री इन्द्र बानियाँ देखि पुर्वमुख्यमन्त्री बहादुर तामाङसमेत विवादमा मुछिएका छन् ।
मेलम्ची नगरपालिकाका मेयर तामाङले कहाँ कति खर्च गर्ने र हुने भन्ने कुनै लेखाजोखा समेत नगरि जलवायु सम्मेलनको नाममा करोडौ रुपैयाँ खर्च गरेको पाइएको छ । धेरै रकम हिनामिना गर्न सहज माध्यामको रुपमा गुफाडाँडामा जलवायु सम्मेलनलाई राम्रो हतियारको रुपमा समेत लिएको मेलम्ची नगरपालिकाकै एक कर्मचारीले बताएका छन् । आर्थिक पारदर्शीताका कुरा, कार्यक्रमका उपादेयताका कुरा, अनावश्यक कार्यक्रम हटाई सिर्जनात्मक कार्यक्रमको प्रस्तावमा कुनै वास्तै नगरी मेयर तामाङ आफू ज्यादै ज्याद्रो मान्छे भएकाले कसैको कुरा नसुनी एकलौटी ढङ्गले अगाडि बढ्ने गरेको नगरपालिकाका कर्मचारी नाम गोप्य राख्ने सर्तमा बताउछन् ।
ती कर्मचारी भन्छन,‘मेयर तामाङ ज्यादै ज्याद्रो मान्छे रहेका छन्, उनले चाहेको कोही कसैसंग छलफल नगरि गर्ने बानी रहेको छ, कहाँबाट के गर्दा कमिशन आउछ त्यसलाई मेयर तामाङले लाखौ रुपैयाँ रकम विनियोजन गर्दै आएका छन्, उत्पादकभन्दा पनि अनुपात्तक योजनामा बढी ध्यान दिने गरेका छन् ।’ स्थानीयवासीले समेत जलवायु सम्मेलनको खर्च सार्वजनिक हुनुपर्ने माग गरेपनि छैटौं सम्मेलन समेत सकिदा पनि खर्च अहिलेसम्म गरिएको छैन । जलवायु सम्मेलनको नाममा अनियमितता हुने पक्कापक्कि रहेको छ । र सो सम्मेलनबाट न कुनै उपलव्ध भने आधार भने देखिएको छैन ।
























