काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भेनेजुएलामा अमेरिकी हमला, राष्ट्रिय आपतकाल घोषणा

1.05K
shares
khanepani bord

काठमाडौं । अमेरिकासँगको तनाव चर्किरहेका बेला भेनेजुएलाको राजधानी काराकासकाे विभिन्न क्षेत्रमा विस्फोट र हमला भएको छ । शनिबार बिहान राजधानी काराकासको सैन्य क्षेत्रमा हमला भएको हो ।

उक्त हमला अमेरिकाले गरेकाे भेनेजुएलाले दाबी गरेकाे छ । प्रत्यक्षदर्शीहरूका अनुसार शहरको केन्द्रमा रहेको सैन्य हवाई अड्डा ला कार्लोटा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना वरपर हमला भएकाे हाे ।

ती स्थानमा भएको भनिएको हमलामा विस्फोटका आवाज आएका छन् भने आकाशतर्फ धुवाँ उडिरहेको भिडिओ सामाजिक सञ्जालमा आएको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजले स्रोतको हवाला दिँदै ट्रम्प प्रशासनका अधिकारीहरूलाई शनिबार बिहानै काराकासको आकाशमा विस्फोटको जानकारी रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि पछिल्लाे हप्तादेखि दबाब बढाइरहेका बेला भेनेजुएलामा हमला भएको हो।

ट्रम्प प्रशासनले मादुरोमाथि अमेरिकामा लागूऔषध तस्करी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ। भेनेजुएलाका राष्ट्रपति मादुरोले देशमा भएको विस्फोट र हमलापछि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।

राष्ट्रपतिले यी घटनालाई अमेरिकाले भेनेजुएलाका तेल र खनिज कब्जा गर्न खोजेको प्रयास भएको भन्दै निन्दा गरेका छन्।

मादुरोले अमेरिकामाथि आफ्नो देशको स्रोत साधन कब्जा गर्ने चालको आरोप लगाएका छन् भने देशभित्र सुरक्षा कडा गर्ने निर्देशन दिएका छन्।

IME
khanepani