काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

न्यूरोडका पसलमा अबैध फोनको बिक्री : आफुखुशी मुल्य असुली, कर राजश्वमा ७ खर्ब छली

कानुनी व्यवस्थाको पालना गर्नेभन्दा कानुन उलंघन गर्ने व्यापारीलाई अहिले फाइदा भइरहेको छ । सरकार, आयातकर्ता, वितरक, विक्रेताको समेत अनधिकृत (ग्रे) मोवाइल फोनको कारोबार खुला रुपमा गर्दै आएको पाइएको छ । अबैधरुपमा नेपाल भित्राएको फोन न्यूरोड क्षेत्रबाट बिक्री गरिदै आएको छ ।

4.41K
shares
khanepani bord

काठमाडौं । शक्ती र पैसाको आडमा विदेशका विभिन्न शहरबाट अवैध रुपमा मोवाइल फोन नेपाल भित्राउने कार्यमा पसछिल्लो समयमा बृद्धि भएको पाइएको छ । भन्सार कर्मचारी र मोबावाई व्यापारीबीचको अबैध साँठगाँठमा विना भन्सार करोडौ मुल्यको मोबाईल नेपाल भित्राउने गरिएको प्राप्त तथ्याङकले समेत देखाएको छ । नेपालको विभिन्न भन्सार नाका हुदै अबैध रुपमा मोबाईल भित्राउने कार्य भई रहेको नेपाल मोवाइल वितरक संघले समेत स्वीकारेको छ ।

यसरी मिलिमतोमा व्यवसायीहरुले मोवाइलको अवैध आयात गरेकै कारण व्यवसायी र राज्य दुबैलाई घाटा हुदै गएको समेत जनाएको छ । नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये ५ लाख ५० हजार सेट अवैध रुपमा नेपाल आयात गरिने कार्य भई रहेको समेत बताइएको छ । अवैध बाटोबाट ल्याएर बजारमा पु¥याइएका यी मोवाइलको बिक्रीबाट सरकारको राजस्वमा मासिक ७ अर्व रुपैयाँभन्दा बढीको घाटा हुने गरेको अनुमान समेत गरिदै आएको छ ।

कानुनी व्यवस्थाको पालना गर्नेभन्दा कानुन उलंघन गर्ने व्यापारीलाई अहिले फाइदा भइरहेको छ । सरकार, आयातकर्ता, वितरक, विक्रेताको समेत अनधिकृत (ग्रे) मोवाइल फोनको कारोबार खुला रुपमा गर्दै आएको पाइएको छ । भने यसरी अबैधरुपमा नेपाल भित्राएको फोन भने न्यूरोड क्षेत्रबाट विशेष रुपमा बिक्री गरिदै आएको छ । उता एप्पल ब्रण्डको मोबाईलको नेपालकालागि आधिकारीक बिक्रेता भएको प्रचार गर्दै आएको ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन’ नामको कम्पनीले देशभर एप्पल ब्रण्डको फोन व्यवसायीहरुलाई उपलव्ध गराउदै आएको छ ।

नेपालमा ‘एप्पल’ का उत्पादन बिक्री मार्फत एक वर्षमै साँढे ६ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी समेत सो कम्पनीले जनाएसंगै करोडौ रुपैयाँ राजश्व र कर समेत छली गरेको सो कम्पनी निकट एक व्यवसायीले बताएका छन् । विश्वविख्यात प्रविधि ब्राण्ड एप्पल र डेलका उत्पादन नेपालमा आधिकारिक रूपमा भित्राउने जेनेरेसन नेक्स्ट कम्युनिकेसनले सन् २०२५ मा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँभन्दा बढीको आम्दानी गरेको जनाएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्सले सार्वजनिक गरेको रिपोर्टअनुसार एक वर्षको अपधिमा कम्पनीको आम्दानी ५४ प्रतिशतले वृद्धि भएको देखाउदा उता राज्यलाई बुझाउनु पर्ने कर राजश्व भने खुलेआम छली गर्दै आएको छ । जेनेरेसन नेक्स्ट कम्युनिकेसनल ‘भिमसारिया समूह’ को एक हिस्साको रुपमा रहेको छ । भने सो कम्पनीको शतप्रतिशत सेयर स्वामित्व प्रबन्ध निर्देशक पवन कुमार भिमसारियाको रहेको छ ।

भिमसारियाले बैंकिङ र व्यापार क्षेत्रमा लगानी गरेको भएपनि सरकारलाई बुझाउनु पर्ने कर र राजश्व छली गर्दै आएको छ । उता राष्ट्र बैंकसंगको मिलिमतोमा कम्पनीले बैंकिङ सुविधा प्रयोजनको नाममा ५० करोड रुपैयाँभन्दा बढी कर्जा सुविधामा क्रेडिट रेटिङ अनिवार्य समेत गरेको छ । जेनेरेसन नेक्स्ट कम्युनिकेसनले एप्पल र डेलका सामान पूर्ण रूपमा विदेशबाट आयात गर्छ । यसका लागि ठूलो मात्रामा नगद प्रवाह र बैंक ग्यारेन्टी र प्रतित प्रत्र (एलसी) को आवश्यकता पर्दछ ।

तर अधिकाशं रकम यो कम्पनीले हुण्डी मार्फत विदेश लगी भन्सार छली गरेर नेपाल सामान आयात गर्दै आएको आरोप समेत लागेको छ । सो बारे कम्पनीका प्रबन्ध निर्देशक पवन कुमार भिमसारियालाई पटक पटक सम्र्पक गर्दा फोन गर्दा उनी कम्पनीभन्दा बाहिर रहेको भन्दै फोन सम्र्पकमा आउन भने चाहेनन् । राष्ट्र बैंकको मिलेमतोमा सो कम्पनीले आफ्नो व्यापार विस्तार र एप्पलका सामग्रीको आयातका लागि भन्दै कार्यशील पुँजीको आवश्यकतालाई बढाएर सन् २०२६ को नयाँ रेटिङमार्फत ऋण सीमा २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ पु¥याएको छ ।

उता कम्पनीको नाफामा उच्च बृद्धि भएको देखाएपछि सो अनुसार सरकारलाई कति राजश्व र कर बुझाउनु भयो भनी कम्पनीमा प्रश्न गर्दा सो बारे भने केही जानकारी दिन चाहेनन् । यसबाटै प्रष्ट हुन्छ आफुलाई उच्च व्यवसायी घरानाको परिचय दिदै सरकारी अनुदान लिदै अबैध रुपमा सामान आयात गर्ने गरेको खुलेको छ ।

IME
khanepani