ताम्राकार कम्प्लेक्सबाट हुन्छ खुलेआम चोरीपैठारी मोबाईलको बिक्री !
नेपालमा फोन भारत र अन्तराष्ट्रिय बजारको मूल्यको तूलनामा न्यूनतम ५ देखि ५० हजार रुपैयाँसम्म मंहगो, व्यापारीहरुले नक्कली विलबाट कारोबार गरी उत्तिकै मंहगोमा बिक्री
वि.सं.२०८२ पुस २२ मंगलवार १८:५०
shares

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित रहेको देशकै ठुलो मोबाइल बजारको रुपमा रहेको छ ताम्राकार हाउस । यहाँ दर्जनौ बढी मोबाइल पसलहरु रहेका छन् । हो मोबाइल र ताम्राकार हाउस पर्यावाची जस्तै भैसकेको छ । मोबाइल खरिद गर्ने भन्ने बित्तिकै अधिकांश मानिस ताम्राकार हाउस पुग्ने गरेका छन् । तर ताम्राकार हाउस भित्रका मोबाइल पसलको कालोधन्दा थाहा पाउनु भयो भने तपाईं तिन छक्क पर्नुहुनेछ । हाम्रो देशमा मोबाइल बन्दैन त्यसैले विभिन्न राष्ट्रबाट मोबाइल आयात गर्नुपर्छ ।
यसरी आयात गर्दा राज्यले तोकेको भन्सार शुल्क अनिवार्य तिर्नु पर्छ र त्यो तिरेको रकम यी पसलेहरुले उपभोक्ताबाट उठाउँछन् । तर ताम्राकार हाउस भित्रका मोबाइल पसलहरुमा भन्सार छली गरेर ल्याइएको र भारत लगायत तेस्रो मुलुकबाट समेत चोरीपैठारी गरि नेपालमा भित्राइएका विभिन्न ब्राण्डका मोबाइल सेटहरु खुलेआम सोही हाउसभित्र बिक्री भइरहेको छ । नेपालमा ग्रे फोनहरुको संख्या दिनप्रतिदिान बढ्दो रुपमा रहेको छ ।
ग्रे फोनहरुको संख्या बढ्नुले नेपालमा फोनको ग्रे मार्केट फस्टाउँदै गएको कुरा जनाउँछ । ग्रे मार्केट बढ्नु कुनै पनि देशको लागि राम्रो कुरा भने हैन । यसले देशको राजश्वमा असर पु¥याउँछ र देशको नाफा कम हुने गरेको छ । नेपालमा ग्रे मार्केटबाट न्यूनतम मासिक ५ लाख फोनहरु भित्राउने गरेको छ । सस्तोमा फोन आयात गरेर अत्याधिकक मंहगोमा फोनहरु बेचिदै आएको छ ।
अघिल्ला केही वर्ष तेस्रो मुलुकबाट नेपालमा अबैध बाटो हुदै भित्राउने गरिएकोमा अहिले नेपाल र भारत बीचको खुला सिमानाको फाईदा उठाउदै व्यापारीहरुले भारतबाट दिनहुँ मोबाईलको तस्करी गरिदै आएको छ । नेपालमा फोन भित्रँदा भारत र अन्तराष्ट्रिय बजारको मूल्यको तूलनामा न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म मंहगो हुने गरेको छ । गैरकानुनी तवरले भित्राइएका फोन पनि व्यापारीहरुले नक्कली विलबाट कारोबार गरी उत्तिकै मंहगोमा बिक्री समेत गरिदै आएको पाइएको छ ।
ताम्राकार कम्प्लेक्स सहित न्यूरोडका मोबाइल पसलहरुमा अवैध मोबाइल फोनको कारोबार गरेको पटक पटक प्रहरीले छापा समेत मार्ने गरेको छ । तर प्रहरीले छापा मारेपनि कारबाही भने सरकारी पक्षले गर्न आँट गरेको छैन । जसले गर्दा अबैधधन्दाको कारोबार नियन्त्रण हुनेभन्दा पनि झन मौलाउदै गएको छ । न्यूरोडको ताम्राकार हाउस र केही मोबाईल पसलमा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीको एक टोलीले अवैधरुपमा भित्राईएका मोबाइल फोनको कारोबार भएको भन्दै बेलामौकामा छापा हाने गरेको छ ।
छापा हानेपनि कस्तो कारबाही भयो त भनी प्रश्न गर्दा त्यसको विवरण छापा हान्ने प्रहरीको तथ्याङकमा उल्लेख गरेको पाइएको छैन । ताम्राकार कम्प्लेक्समा रहेका मोबाइल क्लब, टच मोबाइल, प्रिन्स इलेक्ट्रोनिक्स, फ्यूचर प्रिन्स ट्रेड, जेए स्टोरलगायतका ताम्राकार कम्प्लेक्स भित्र र बाहिरका पसलहरुमा खुलेआम चोरी पैठारीको फोनको बिक्री गरिदै आएको समेत बताइएको छ ।
























