काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भेनेजुएलामा मदुरो पक्राउ परेकोमा नागरिकहरू खुसी छनः पत्रकार ब्राजोन

1.46K
shares
khanepani bord

अमेरिकी सेनाले नाटकीय रूपमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ गरेर अमेरिका लगेसँगै त्यहाँ अनिश्चितताको अवस्था देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला अब अमेरिकाले चलाउने कडा घोषणा गरेका छन् तर त्यहाँको वास्तविक शक्ति सन्तुलन भने निकै जटिल देखिन्छ । त्यहाँ अझै पनि शासन सत्तामा चाभिस्मो (चाभेजवादी) कै नियन्त्रण छ ।

राष्ट्रपति मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि भेनेजुएलाको सरकारी संयन्त्रले कसरी प्रतिक्रिया दिएको छ । साथै, देशको सेना तथा अन्य सुरक्षा निकायहरू अहिलेको रिक्तताको बेला कसरी प्रस्तुत भइरहेका छन् ?

गृहमन्त्री डियोस्डाडो काबेलोको कमाण्डमा रहेको प्रहरी बल अहिले सडकमा तैनाथ छ । प्रहरी बलले वर्तमान शासनविरुद्धको विरोध प्रदर्शन रोक्ने मनसायका साथ नागरिकहरूको निगरानी गरिरहेको छ ।

त्यहाँको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएला ‘चलाउने’ घोषणा गरेका छन् । अहिलेको अवस्थामा भेनेजुएला कसको नियन्त्रणमा देखिन्छ ?

अहिले नि:सन्देह चाभिस्मो (ह्युगो चाभेजका अनुयायीहरूलाई चाभिस्मो भनिन्छ, जो अहिले सत्तामा छन्) हरूले नै देशमा नियन्त्रण कायम राखेका छन् । ट्रम्पको घोषणा केमा आधारित छ वा त्यसको अर्थ के हुन्छ भन्ने विषयमा हामीलाई थाहा छैन ।

राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकी हिरासत केन्द्रमा राखिएको छ । मदुरोविरुद्ध अमेरिकाले लगाउन लागेको लागुऔषध र हतियार सम्बन्धी आरोपहरू कत्तिको गम्भीर छन् ?

निकोलस मदुरोलाई एक तानाशाहको रूपमा हेरिन्छ । त्यसबाहेक विगतदेखि नै उनले आतंकवाद र लागुऔषध ओसारपसारको आरोप सामना गरिरहेका छन् । सन् २०२० देखि नै अमेरिकाले उनको गिरफ्तार गर्नेलाई ५ करोड डलर (करिब सवा ७ अर्ब रूपैयाँ बराबर) पुरस्कार दिने घोषणा गरेको छ ।

यहाँ स्मरण गर्नुपर्ने कुरा के हो भने मदुरोविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको छ । भेनेजुएलामा मानवताविरुद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीमाथि छानबिन गरिहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका विषयमा जनताले मिश्रित प्रतिक्रिया दिइरहेको बताएका छन् । उनको गिरफ्तारीको खबरलाई लिएर त्यहाँका नागरिकहरूले खास कस्तो प्रतिक्रिया दिइरहेका छन् ?

भेनेजुएलाका नागरिकहरू मदुरो पक्राउ परेकोमा खुसी छन्, तर उनीहरूले उत्सव मनाउन सकिरहेका छैनन् । किनभने सत्ता र दमनकारी संयन्त्रहरूमा अझै पनि चाभिस्मोहरूकै नियन्त्रण छ ।

यो पनि स्मरण गर्नु महत्वपूर्ण हुन्छ कि आजका दिनसम्म भेनेजुएलामा ९ सयभन्दा बढी राजनीतिक बन्दीहरू छन्, जसलाई यातना दिने गरिन्छ, कसैलाई पनि सम्पर्क गर्न नदिएर एक हिसाबले सम्पर्कविहीन बनाइएको छ ।

तीमध्ये धेरैलाई ‘एल हेलिकोइड’मा थुनिएको छ, जुन सिरियाको सेडनायाजस्तै जेल हो, जसलाई मानव बधशालाका रूपमा चित्रित गरिन्छ । त्यसैले कोही पनि नागरिक उत्सव मनाउन सडकमा निस्कन सकेका छैनन् ।

सर्वसाधारण भेनेजुएलालीहरूले अमेरिकी हस्तक्षेपलाई कसरी व्याख्या गरिरहेका छन्— उनीहरूले यसलाई अमेरिकी कब्जा भन्छन् कि स्वतन्त्रता ? वा अन्य केहीको रूपमा यसलाई हेर्छन् ?

भेनेजुयाली नागरिकले यसलाई अमेरिकी हस्तक्षेपको रूपमा होइन, एक सफल तर अपूर्ण अपरेशनको रूपमा यसलाई हेर्छन् । किनभने चाभिस्मो अझै सत्तामा छ ।

गत वर्षको राष्ट्रपतिको चुनावमा ७० लाखभन्दा बढी मत ल्याएर राष्ट्रपतिमा जितेका एडमन्डो गोन्जालेजले ‘प्रेसिडेन्ट–इलेक्ट’का रूपमा पदभार ग्रहण गरून् भन्न भेनेजुएलालीहरू चाहन्छन् । भेनेजुयाली शासनको उत्पीडनका कारण गोन्जालेज हाल निर्वासनमा छन् ।

तपाईंको विचारमा, कुन प्रमुख घटनाले अमेरिकालाई यो सैन्य कारबाहीका लागि प्रेरित गरेको होला ?

यसका धेरै कारणहरू छन् । अमेरिकाले यसअघि नै मदुरोको गिरफ्तारीका लागि पुरस्कार घोषणा गरेको थियो । अमेरिकाले अहिले सत्तामा रहेको चाभिस्मो र विपक्षीबीच धेरैवटा वार्ता प्रक्रियामा सहभागी भएको थियो । तर, मदुरोले कहिल्यै आफ्नो वाचा पूरा गरेनन् । त्यसबाहेक, ट्रम्पको पहिलो कार्यकालमा पनि ह्वाइट हाउसले मदुरोलाई सत्ताच्युत गर्ने प्रयास गरेको थियो ।

केही भेनेजुएलालीहरू राष्ट्रपति ट्रम्पको यो कदम लोकतन्त्र बहालीका लागि नभई भेनेजुएलाको तेल स्रोतहरूको दोहनका लागि हो भन्ने विश्वास गर्छन् । यति ठूलो अमेरिकी अपरेशनको पछाडि कस्तो प्रकारको राजनीतिक वा आर्थिक स्वार्थ लुकेको हुन सक्छ ?

पक्कै पनि, भेनेजुएलाको तेलमा अमेरिकाको चासो छ । वास्तवमा सन् १९२० मा पहिलोपटक तेल उत्खनन गरेदेखि नै भेनेजुएलाको तेल उद्योगलाई सुदृढ बनाउन अमेरिकाले योगदान गरेको थियो ।

तर, अहिलको अपरेसनमा तेल नै एकमात्र उद्देश्य होइन । क्युबाले वर्षाैंदेखि भेनेजुएलाबाट सित्तैमा तेल लगिरहेको छ । अन्य क्यारिबियन टापुहरूले विना कुनै निगरानी वर्षौंदेखि भेनेजुएलाको तेल उपभोग गरिरहेका छन् । तेलमा कब्जा गर्नु मात्रै उसको उद्देश्य हो भन्नुको अर्थ यी तथ्यहरूलाई बेवास्ता गर्नु हो ।

रूस, चीन र इरानले पनि भेनेजुएलाको स्रोत र भौगोलिक अवस्थितिको फाइदा उठाइरहेका छन् । त्यसैले, यो दाबी अमेरिकाविरुद्ध चाभिस्मोहरूले खडा भाष्य (चाभिस्टा न्यारेटिभ) मात्र हो ।

यो अपरेसनपछिका कुन अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू तपाईंलाई सबैभन्दा महत्वपूर्ण लागे । र, तिनीहरूले भेनेजुएलाको अबको चरणलाई कसरी आकार देलान् ?

वास्तवमा, यस विषयमा प्रतिक्रिया दिनेहरू भेनेजुयाली शासनका सहयोगीहरू नै हुन् । जुन सधैं जस्तै निकारागुवा र क्युबा हुन् ।

खाद्यान्न आपूर्ति, स्वास्थ्य सेवा र पूर्वाधारका क्षेत्रमा यी घटनाहरूको तत्काल मानवीय प्रभाव कस्तो देखिएको छ ?

अहिले नै त्यस्तो कुनै ठूलो मानवीय प्रभाव देखिएको छैन । देश रोकिएको छैन, चलिरहेको छ । मानिसहरू भविष्यमा संकट आउनसक्ने आशंकामा पूर्वतयारीका रूपमा आवश्यक सामग्रीहरूको जोहो गर्न जुटाउन सुपरमार्केटहरूमा लाइन लागेका छन् ।

तपाईंको दृष्टिकोणमा, आगामी हप्ताहरू र दीर्घकालीन रूपमा भेनेजुएलाको राजनीतिका सम्भावित परिदृश्यहरू के–के हुन सक्छन् ?

यस विषयमा अहिले नै केही भन्नु हतार हुनेछ । धेरै किसिमका सम्भावित परिदृश्यहरू छन् । हालका लागि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले नै देशमा शासन व्यवस्था कायम राखून् र लोकतन्त्रतर्फ व्यवस्थित रूपान्तरणको तयारी होस् भन्ने खालको प्रस्ताव अमेरिकाको रहेको देखिन्छ ।

मदुरो २८ जुलाई २०२४ को चुनावमा हारेका थिए, तर परिणाम चोरेर आफैँलाई विजयी घोषणा गरेका थिए । यो कुरा सबैलाई सबैलाई थाहा छ । शान्तिपूर्ण संक्रमण नै अहिले देशका लागि सबैभन्दा राम्रो कुरा हो ।
अनलाइन खबर लगाएत एजेन्जीहरुको सहयोगमा तयार पारिएको हो ?

IME
khanepani