काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

ग्रे मार्केटबाट मोबाईल आयात : अर्बको व्यापार, शुन्य कर, भीमसरियाको अबैध कनेक्सन

आफुलाई आधिकारीक बिक्रेता हुँ भन्दै केही पत्रकारलाई ‘कुत्तेका दाना’ खुवाएर प्रायोजीत समाचार लेखाउदै वार्षिक ५० करोडभन्दा बढी कर छली गर्दै रकम विदेश लैजाने मारवाडी हुन पवक कुमार भीमसरिया ।

715
shares
khanepani bord

काठमाडौं । बढ्दो प्रविधिको फाईदा उठाउदै केही मोबाईल सेट बिक्रेता व्यापारीहरुले खुलेआम अबैधधन्दा गर्दा समेत सरकारी निकायको कुनै ध्यान गएको छैन । र जाने पनि अबस्था देखिएको छैन । खुला रुपमा भन्सार छली गरि नेपाल भित्राएका मोबाईल सेट उच्च मुल्य निर्धारण गरेर बिक्री गर्दैै आएका व्यापारीबाटै सरकारी कर्मचारीलाई कमिशनको थैली बुझाउने गरेका कारण राजश्व र कर छली गर्ने माथी सरकारी निकायको ध्यान नजाने पक्कापक्कि जस्तै भएको छ । आफुलाई आधिकारीक बिक्रेता हुँ भन्दै केही पत्रकारलाई ‘कुत्तेका दाना’ खुवाएर प्रायोजीत समाचार लेखाउदै वार्षिक ५० करोडभन्दा बढी कर छली गर्दै रकम विदेश लैजाने मारवाडी हुन पवक कुमार भीमसरिया ।

उनी भारत लगायत तेस्रो मुलुकबाट कर्मचारीसंगको सेटिङमा विना भन्सार एप्पल ब्राण्डलगायत अन्य ब्राण्डको सामान नेपाल आयात गरि आफुअनुकुल मुल्य निर्धारण गरेर भुमीगत स्टोरबाट सामान बजार पु¥याउदै आएका व्यक्ती ह्ुन । उनी र उनको आधिकारी कार्यालय समेत भुमीगत रुपमा सञ्चालन गर्दै आएका छन भने उनले न्यूरोडका मोबाईल व्यापारीलाई ग्रे मार्केटबाट ल्याएको फोन बिक्रीकालागि उपलव्ध गराउदै आएको समुह हो । सो समुहले अहिलेसम्म सरकारी कर्मचारीकै योजनामा अर्बै रुपैयाँ राजश्व र कर छली गरि हुन्डी मार्फत पैसा विदेश पठाउने कार्य समेत गर्दै आएको भीमसरिया निकट केही व्यवसायीहरुले बताउदै आएका छन् ।

आफुलाई नेपालमा एप्पल ब्रान्डको एकमात्र आधिकारिक वितरक हुँ भन्दै उपभोक्ता र व्यापारीलाई समेत भ्रम सृजना गरि अबैध सामानको बिक्री गर्ने कम्पनी हो जेनरेसन नेक्स्ट कम्युनिकेसन । यो कम्पनीले गरेको व्यवसायबाट एक वर्षमा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको भन्दै अहिले प्रायोजीत समाचार लेखाउन केन्द्रीत रहेको छ ।

तर बास्तविकता भने फरक रहेको छ । सो कम्पनीले यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५३ दशमलव ७१ प्रतिशत अर्थात् २ अर्ब ३० करोड ५० लाख रुपैयाँ बढी रहेको भन्दै गरेको प्रचारबाटै के देखिन्छ भने सरकारलाई बुझाउनु पर्ने कर, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) सवै नक्कली बीलमार्फत कारोबार गरेको प्रष्ट हुन आएको छ । सरकारी रेकर्डमा सो कम्पनीले बुझाएको कर विवरण हेर्ने हो भने ज्यादै न्यून रहेको पाईन्छ भने सरकारी निकायमा बुझाएको कर विवरण अनुसार जेनरेसन नेक्स्ट कम्युनिकेसन नामक कम्पनीको आम्दानी भएको विश्वास गर्ने ठाँउ भेटिदैन ।

सन् २०१० अगस्टमा स्थापना गरेको देखिने सो कम्पनीले स्थापना कालदेखिनै सरकारलाई बुझाउनु पर्ने कर छली गर्दै आएको पाईएको छ । हालसम्म सो कम्पनीले सालाखाला हिसाव गर्ने हो भने ५० अर्बभन्दाबढीको कर छली गरेको अनुमान राजश्व विभागकै कर्मचारीहरुले गरेका छन् । जेनरेसन नेक्स्ट कम्युनिकेसन नेपालमो एप्पल ब्रान्डको आधिकारिक वितरक भएको सम्झौता समेत देखाउन सो कम्पनीले सकेको छैन । सोही कम्पनीले गरेको दाबी अनुसार नेपालमा एप्पल ब्रान्डको हिस्सा बढी रहेको जनाएको छ ।

अघिल्लो वर्ष ५० प्रतिशत रहेको एप्पलबाट हुने आम्दानी सन् २०२५ मा ९७ प्रतिशत पुगेको कम्पनीले दाबी गरेपछि सरकारलाई कति कर बुझाउनु भयो भनी बुझ्न पटकपटक फोन सम्र्पक गर्दा प्राप्त नम्बरहरुमा फोन नलाग्ने बनाएर राखिएको पाइएको छ । सो कम्पनीका मालिक भीमसरियाले अबैध मोबाईल सेटको कारोबारमात्र नभई घरजग्गा तथा अन्य विविध क्षेत्रमा समेत लगानी गरेको पाईएको छ ।

भने ती व्यवसायीबाट पनि बुझाउनु पर्ने कर, राजश्व, आयकर भ्याट खुला रुपमा छली गर्दै आएको पाइएको छ । कम्पनीको प्रबन्ध निर्देशक भएको देखाउने भीमसरियाले बैंकिङ, व्यापार तथा उत्पादन क्षेत्रमा समेत लगानी गरेका छन् । उनदे काठमाडौं उपत्यकाभित्र दुइवटा एप्पल सेवा केन्द्र नामक पसल समेत स्थापना गरेर अबैध सामानको खुलेआम बिक्री समेत पछिल्लो समयमा गर्दै आएका छन् ।

IME
khanepani