काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

खानेपानी आयोजनामा पुनः चौधरी,अख्तियारका धक्कीवाला पुगे खानेपानी विभाग

मन्त्रालय स्रोतका अनुसार खानेपानी मन्त्रालयको योजना महाशाखाका सहसचिव बाल मुकुन्द श्रेष्ठलाई मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । महाशाखा प्रमुखको जिम्मेवारी मन्त्रालयकै सहसचिव रमाकान्त दुवाडीलाई दिईएको छ।

6.96K
shares
khanepani bord

काठमाडौ । खानेपानी मन्त्रालय र मातहतका निकायमा पूर्व मन्त्री प्रदिपकुमार यादवले आर्थिक चलखेलमा अन्यायपूर्ण र भेदभावपूर्वक गरिएको कर्मचारीहरुको सरुवाको पुनरावलोकन भएको छ ।

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको ४ दिनकै बीचमा मन्त्री डाक्टर मदन कुमार परियारले कर्मचारीहरुको सरुवा र पदस्थापना गरि पुलमा कर्मचारी राखेर अपहेलना र मानमर्दन गर्ने कामको अन्त गरेका छन । खानेपानीका सहसचिवहरुको सरुवा र कार्यालयहरुमा पदस्थापना गरिएको हो । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यन्वयल निर्देशनालयबाट समयअवधि नपुग्दै सरुवा भएका टिका चौधरीलाई पुनः आयोजनामा सरुवा गरिएको छ । यो सरुवाले चौधरीको करीयरलाई न्याय दिएको छ भने पैसा र शक्तिको बल पराजित भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खानेपानी मन्त्रालयमा सेटिङ मिलाएर सरुवा भएका एमालेका नेता सहसचिव लक्ष्मीप्रसाद उपाध्याय खानेपानी विभागको उपमहानिर्देशकमा सरुवा भएका छन । उनको सरुवाले पावर, पैसा, धाक र धम्कीवालाहरुलाई नैतिक शिक्षा प्रदान गरेको सरोकारवालहरुको तर्क रहेको छ ।

त्यसै गरि मन्त्री यादवले पैसा खाएर सहसचिवको दरबन्दी भएका कार्यालयहरुमा उपसचिवलाई कार्यालय प्रमुख बनाएका थिए भने सहसचिवहरु पुलमा बस्न बाध्य बनाइने परम्परालाई अन्त गर्दै मन्त्री परियार, खानेपानी सचिव रामआधार साह र प्रशासन महाशाखाका सहसचिव रुद्रप्रसाद पण्डितले नेपालगञ्ज, पोखरा र विराटनगरमा सहसचिवलाई पदस्थापना गरेका छन । ई.नारायण प्रसाद आचार्यलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा सरुवा गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगरनाथ दासलाई भने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्ज सरुवा गरिएको छ भने केन्द्रीय खानेपानी आयोजनाका आयोजना निर्देशक उज्जवल प्रजापतिलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर सरुवा गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार खानेपानी मन्त्रालयको योजना महाशाखाका सहसचिव बाल मुकुन्द श्रेष्ठलाई मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । महाशाखा प्रमुखको जिम्मेवारी मन्त्रालयकै सहसचिव रमाकान्त दुवाडीलाई दिईएको छ।

सहसचिवहरुको सरुवाले अन्याय र अत्याचारको अन्तको आरम्भको दिनका रुपमा खानेपानीका प्राविधिक सहसचिवहरुले लिएका छन । मन्त्री यादवले अन्यायपूर्व ढंगले सरुवा गरिएका रामकुमार श्रेष्ठलाई पनि चाडै न्याय हुने आशा र विश्वास कर्मचारीहरुले लिएका छन ।

खानेपानी मन्त्रालयमा ९० प्रतिशत कार्यसम्पादन सफलता हासिल गरेका श्रेष्ठलाई महानिर्देशकबाट मन्त्री यादवले हटाएर कमलराज श्रेष्ठलाई लगिएको थियो । मन्त्री परियारले त्यहाँ पनि धेरै दिन अन्याय रहिरहन दिने छैनन भन्ने विश्वास खानेपानी मन्त्रालयमा पलाएको छ ।

जरा गाडेर बसेका आयोजनाका केहि सिडिईहरुको पनि चाँडै सरुवा हुने संकेत देखिएको छ ।

IME
khanepani