काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

विभागमा सरुवा भएका लक्ष्मीको आक्रोशको पारो सचिवतिर, अख्तियारका अधिकारीहरुको बद्नाम

उनले लेखेका समाजिक सञ्जालका स्टाटसले उनको व्यावहार, कार्यशैलि र चरित्र राम्रोसँग उजागर मात्र भएको थिएन । प्रधानमन्त्री देखि जेन्जी अगुवाहरुसम्म पुगेकै थिए ।

4.02K
shares
khanepani bord

काठमाडौं । अर्काको मुखको गाँस खोसेर खान खोज्दा उक्त गाँस धुलो माटोमा खस्यो, त्यसको दोष खोसेर खान खोज्ने को होकि ? खान ठिक्क पर्ने को हो ? यो दुविधाको चगुलमा परेका छन परम उदण्ड सहसचिव लक्ष्मी प्रसाद उपाध्याय चालिसे ।

उनी ठिक आज भन्दा ८ महिना अगाडि एमालेका विष्णु रिमालको पावर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुको धका धम्की देखाएर सोझो टिका बहादुर चौधरीलाई काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची विकास समितिमा दोस्रो वरियतामा सरुवा गरेर आयोजनाको निर्देशक बनेका लक्ष्मी प्रसाद उपाध्याय चालिसे सोहि शैलीमा ८ महिनापछि आयोजनाबाट विभागको उपमहानिर्देशकमा सरुवा भएका छन ।

उक्त पदमा टिका बहादुर चौधरी कै सरुवा भएको छ । यस वीचमा व्यापक चलखेल नभएको पनि होइन । अयोजनामा धेरै सहसचिवहरुको नाम विभिन्न व्यक्ति र समुहले प्रस्ताव पनि नगरेका होइन । आयोजनाबाट लक्ष्मी प्रसाद उपाध्याय चालिसेलाई हटाउने मत निक्कै बलियो भएको थियो । उनले लेखेका समाजिक सञ्जालका स्टाटसले उनको व्यावहार, कार्यशैलि र चरित्र राम्रोसँग उजागर मात्र भएको थिएन । प्रधानमन्त्री देखि जेन्जी अगुवाहरुसम्म पुगेकै थिए ।

तर, उनी गुण्डुदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केहि आयुक्तहरु र प्रमुख आयुक्त प्रेम राईको नाम बदनाम गर्दै आयोजनामा टिकि रहने दुष्प्रयासका वीचमा लक्ष्मी अन्तः सरुवा भए । सरुवा बुधबार भएपछि खानेपानीको समेत जिम्मेवारीमा रहेका मन्त्री डा. मदनकुमार परियारलाई भेट्न कृषि मन्त्रालय पुगेका उपाध्यायले मन्त्रीसँग अनुनयविनय समेत गरेका थिए । मन्त्रीले ढिला भयो । सरुवा भइसकेको छ भने पनि मन्त्रालयबाट सचिव रामआधार साहलाई गालि गदेै देखाइदिन्छु भन्दै हिडेको कृषि मन्त्रालयको स्रोतले बताएको छ ।

लक्ष्मीले आज आयोजनामा ठेकेदारहरुको भुत्तानीको चेक व्यापक काट्ने र हस्ताक्षर समेत गरेको पाइएको छ । विगतमा चौधरी सरुवा हुदाँ उनका समयमा काम गरेको ठेकेदारहरुको भुक्तानी दिन खोज्दा विकेश र लेखाका उपसचिव गणेशप्रसाद चालिसे विदा बसेका थिए । उनी आफुले काम लगाएका ठेकेदारहरुको भुक्तानी समेत नदिइकन हिड्नु परेको थियो । उक्त समयमा विल भुक्तानीको लागि अर्थ मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट आएको ९४ करोडपछि लक्ष्मीका दाजु भाईले मिलेर भुक्तानी दिएका हुन ।

लक्ष्मी र गणेश दाजु भाइका छोराहरु दाजु भाई नै हुन । लक्ष्मीप्रसादले उपाध्याय लेख्ने र गणेशले चालिसे लेख्ने भएका कारण सरकारी अधिकारीहरुमा भ्रम उत्पन्न भएको थियो । आज अर्थात विहीबार विहानदेखि साँझ ७ बजेसम्म चेक काट्ने र हस्ताक्षर गर्ने काम भइरहेको आयोजना स्रोतले दावी गरेको छ ।

सरुवा भएकोमा उपाध्याय चालिसेले मन्त्री, सचिवलाई आफुले चाहने हो भने २ मिनेटमा सरुवा गरिदिन सक्ने धाक आयोजनामा विक्रम आचार्य, विकेश, प्रभात, मधु र सुजतालगाएत आफु निकटका कर्मचारीहरुसँग आक्रोश व्यक्त गरिरहेका थिए ।

उनले कर्मचारीहरुसँग डिङ हाक्दै भने, अख्तियारमा मेरा अनुसन्धान अधिकारीहरु धेरै साथिहरु छन । उनीहरुलाई लगाएर यो सचिव लगाएतलाई भ्रष्टाचारको केशमा मुद्धा चलाउन लगाउँछु भनेर भनेको सहभागी मध्ये एक जनाले बताएका छन ।

उनको हाउँभाउमा प्रष्ट थियो, अयोजनाले लगाएको ५ प्याकेजको चक्रपथ बाहिरको पाइपलाइनको ठेक्काको सम्झौतामा आउने करोडौ हस्ताक्षर मनिको झल्को देखिने गरि मन्त्रालयका अधिकारीहरुप्रति आक्रोश व्यक्त गरेका थिए ।

असनको साँडे झै भएका उपाध्यायले आफ्ना विरोधी कर्मचारीहरुलाई अख्तियारका आयुक्त गुहारेर हुन्छ कि, मन्त्रालय, केयूकेएलका संचालकलाई धम्की दिएर हुन्छ कि ? पार्टी पंक्तिलाई गुहारेर भएपनि दुःख दिने र तर्साउने हर्कत गर्दै आएका थिए ।

उनले यसवीचमा शक्ति केन्द्र र मिडिया हाउसहरुलाई गरेको लगानी समेत डुबेपछि अर्ध मुर्छित जस्तै देखिन थालेका छन । केयुकेएलको गजडी विक्रम आचार्यले विदा लिएर आयोजनाबाट केयूकेएलमा काज फिर्ता भएका केहि कर्मचारीहरुको रमना आजै बनाउनु पर्ने भन्दै धर्ना बसेको पनि समाचार स्रोतले दावी गरेको छ । केयूकेएलको एचआर प्रमुख भएको अधिकृत डुलुवा कुकुर जस्तो आफै चिठ्ठी पत्र बोकेर हिड्ने, आफै हजुर रमना दिइहाल्नु परो भन्दै विलौना गदै हिड्नुले केयुकेएलका कर्मचारी हैसियत र स्तरको राम्रोसँग मापन गरेको छ ।

हुन त कहि नभएको जात्रा केयुकेएलमा हुदै आएको छ । आज भोलि बैठकको लागि पत्र काट्दा पनि ३ बजेर २ मिनेटमा बैठकमा उपस्थित हुनु भन्ने पत्र काटिन थालेको छ । कर्मचारीहरुको सरुवामा विक्रमले पैसाको लेनदेन गरेको सुइको सिइओ अशोककुमार पौडेलले पाएपछि सरुवाका लागि उठाएर लगिएको टिप्पणीमा पुनः हेरफेर गरेर ल्याउनु भनेपछि अर्थ प्रशासन विभाग प्रमुख प्रकाशकुमार राई र विक्रम आचार्यले उठाएको पैसा फिर्ता गर्नु पर्ने अवस्था आएको छ ।

IME
khanepani