काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

मेलम्ची खानेपानी आयोजनामा सुप र भेण्डरको आतंक : नक्कली विल बनाई करोडौको अनियमितता !!!

स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) को २४ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ नक्कली विल बनाएर माग माग

1.92K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यकाबासिलाई पानी खुवाउने उदेश्यले सञ्चालन भएको मेलम्ची खानेपानी आयोजना सुरु भएदेखिनै विवादीत बन्दै आएको छ । स्थानीय आयोजनाबाट प्रभावित भएका स्थानीय बासिन्दाहरुको नाम र फोटो देखाउदै सरोकार समितिको नामबाट लुटकोधन्दा सुरु भएको पछिल्लो समयमा आईपुग्दा विभिन्न समुह र नाम दिई लुट कार्यलाई निरन्तरता दिदै आएको पाइएको छ । सो अबैध कार्यमा सरकारको जिम्मेवार निकायका कर्मचारीदेखि प्रभावित बासिन्दाको नेतृत्व गरेको देखाउदै आर्थिक अनियमितता गर्दै आएको समुह सकृय रहेको छ ।

भने विभिन्न नाममा र समयमा मेलम्ची खानेपानी विकास समितिमा पेश गरेको बील विजक समेत नक्कली बनाएर करोडौ रुपैयाँ भुक्तानी लिदै आएका छन् भने पछिल्लो समयमा कमिशनमा बृद्धि नभएपछि भुक्तानी रोकिदा पुनः प्रभावित बासिन्दालाई अगाडी सारेर आन्दोदलन गराएको पछिल्ला घटनाबाट खुलेको छ । ढिलागरि प्राप्त विवरण अनुसार आयोजनासंग स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ को बाँकी रकम निकासा नभएपछि आन्दोलन गरेको पुष्टी हुन आएको छ । आन्दोलनमा जारी गरेको माग अनुसार आयोजनाबाट प्रभावितहरुको हकहितकालागी भनिएपनि निवर्तमान उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा भएको छलफलमा भेन्डरहरुले पाउने रकम निरन्तर निकासा गर्दै जाने भन्ने शव्दमा सहमती जनाउदै आन्दोलन रोकिएको थियो ।

तर यहाँ भेन्डरहरुले पेश गरेको सवै बील नक्कली भएको एक भेन्डरले नै नाम गोप्य राख्ने सर्तमा बताएका छन । ती भेन्डरका अनुसार स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) तथा मजदुरहरुको २४ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ नक्कली विल बनाएर माग माग गरिएको बताइएको छ । तर यहाँ भेन्डरलाई दिनु पर्ने रकम भने आयोजनाले दिनेभन्दा पनि आयोजनाको ठेक्का लिने कम्पनीले भुक्तानी गर्ने हो । भने सो रकम समेत सरकारी कोषबाटै काटिने गर्दछ । भेन्डरहरुको सो रकम चिनियाँ कम्पनी सिनो हाइड्रो आउनु अगाडीकै रहेको समेत दाबी गरिएको छ ।

ईटालिएन कम्पनी सिएमसीले मजदुर तथा स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को गरि साँढे २४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै सो रकम माग गर्दैै आएको बताइएको छ । सोही बाँकी रकम नपाएको भन्दै भेन्डरहरुले स्थानीयलाई भ्रममा पारि बारम्बार विरोध गर्दै आयोजनाको काममा बाधा पु¥याउदै आएको समेत आरोप लागेको छ । मजदुर तथा स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ले आफुहरुको मागलाई सरकारले वेवास्त गरेको भन्दै आएको छ । यसरी सो नक्कली बीलविजक बनाई घरमा बसिबसि करोडौ रुपैयाँ असुली गर्दै आउनेको पहिलो सूचीमा विष्णुमणी आचार्य, हाकु भन्ने व्यक्ती (असली नाम लुकाएको) लगायतको समुह अहिले सकृय रहेको आरोप समेत लगाईएको छ ।

उता आयोजनबाट सञ्चालीत ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम (सुप) समेत लक्षित कामभन्दा पनि राजनीतिक दलका कार्यकर्ता भर्ति केन्द्र झै प्रयोग गरिदै आएको छ । अहिलेसम्म सो कार्यक्रममा दलका कार्यकर्ता र नेतालाई मात्र नेतृत्व गर्ने जिम्मेवारी दिदै आएको छ । यसरी सो कार्यक्रमको मर्म र योजना विपरित दलको योजना अनुसार सुप कार्यक्रम सञ्चालन गरिदाँ समेत करोडौ रुपैयाँ अनियमितता हुदै आएको बताइएको छ । एकातर्फ सुपका आधिकारीक प्रतिनिधिहरुले करोडौ रुपैयाँ खुलेआम अनियमितता गर्दै आएको छ भने अर्कोतर्फ भेन्डरहरुले सबै बिल नक्कली बनाएर बिना काम रकम असुली गर्दै आएको आरोप समेत लाग्दै आएको छ । नक्कली बीलबाट हुदैं आएको कारोबारलाई बैद्यानिकता भने मेलम्ची खानेपानी विकास समितिकै कर्मचारीहरुको सेटिङमा समेत हुदै आएको बताइएको छ । सो बारे थप विवरणको खोजी कार्य जारी रहेको छ ।

IME
khanepani