काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

धरौटीमा थुनामुक्त गर्न माग गर्दै, टोपबहादुर रायमाझीले दिए उच्चमा निवेदन

988
shares
khanepani bord

काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् ।

रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।

जिल्ला अदालत काठमाडौंले उनको माग अस्वीकार गर्‍यो । जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।

उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र अरू मिसिल झिकाउन आदेश गरेको छ । जिल्ला अदालतले फाइल पठाएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।

IME
khanepani