काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

राष्ट्रपति गुहार्न शीतल निवास पुगे देउवा

715
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् ।

विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ । तर, भेटघाट पार्टीको आन्तरिक हो वा समसामयिक विषय खुलेको छैन ।

यसअघि आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएको थियो । देउवा शीतल निवास जानुछ भन्दै पछि थप कुरा गर्ने भन्दै शीतल निवास लागेका हुन् ।
दुवै पक्षबीच सघन संवाद भइरहेपनि अहिलेसम्म निचोड निस्किएको छैन । विशेष महाधिवेशन स्थगित गरेपछि मात्र थप कुरा गर्ने अडानमा संस्थापन पक्ष छ ।

प्रतिनिधिसभाको उम्मेदवारी दर्ता र राष्ट्रियसभाको चुनावपछाडि महाधिवेशनको तालिका ल्याउने प्रस्ताव संस्थापनले राखेको छ । महामन्त्रीद्वय २७-२८ को बटमलाइनबाट टसमस भएका छैनन् ।

IME
khanepani