ओलीको कटाक्षः देश बनाउने शक्तिविरुद्ध भदौ २४ मा विध्वंस मच्चाउनेहरु कस्दैछन् मोर्चा
वि.सं.२०८२ पुस २६ शनिवार १३:२३
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताएका छन्।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफूहरू लोकतन्त्रलाई पुनर्स्थापित गर्ने प्रयासमा रहेको बताए।
उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले भने, लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास गरिरहेका छन्।
उनले बालेन र रवि राम्रो, स्वस्थ मनसायले एक ठाउँमा नउभिएको दाबी गरे। उनले भने, देश बर्बाद पार्ने मनसायले एक ठाउँमा उभिएका छन्। देश बनाउने लोकतान्त्रिक शक्तिहरूका विरुद्ध मोर्चा कसेर लागेका छन्।
























