रास्वपासँग भएको एकता पद बाँडफाँडमा पुगेर भंग, उज्यालो नेपालको अध्यक्ष बन्दै कुलमान
वि.सं.२०८२ पुस २६ शनिवार १५:४७
shares

काठमाडौं । रास्वपासँग भएको पार्टी एकिकरणको सहमति भंग भएपछि कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन्।
रास्वपासँग कुरा नमिलेपछि पार्टीका संरक्षक रहेका कुलमानले नेतृत्व आफैँ लिने लागेका हुन्।
त्यसबारे जानकारी दिनको लागि उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन राखेको छ। उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको थियो। रास्वपाको आकस्मिक सचिवालय बैठक अहिले जारी छ।
























