काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष, उपाध्यक्षसहित तीन नेता रास्वपामै समाहित

1.33K
shares
khanepani bord

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

रास्वपासँगको एकता भाँडिएपछि कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका छन्। उज्यालो नेपालका उपाध्यक्षसहित तीन नेता भने रास्वपामै समाहित भएका छन्।

उज्यालो नेपाल पार्टीका उपाध्यक्ष डा.तारा जोशीसहित तीन नेता राष्ट्रिय स्वतन्त्र पार्टीमै रहने भएका छन् । कुलमान घिसिङले उज्यालो नेपालको अध्यक्षता लिएलगत्तै उनीहरुले रास्वपामै रहन वार्ता गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत रहेका डा.जोशी,केन्द्रीय सदस्य डा.विशाल भण्डारी र सन्दीप भट्टराई रास्वपामै समाहित हुने भएका छन् । अरु केही केन्द्रीय सदस्य पनि रास्वपामा रहन चाहेको बताइएको छ ।

IME
khanepani