काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

नाउपा नेपालका महासचिव डा. उमाशंकर चौधरीद्वारा रुपन्देही १ मा उम्मेदवारी घोषणा

585
shares
khanepani bord

रुपन्देही । नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा .उमाशंकर चौधरी रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन् ।

लामो समय स्वास्थ्य सेवामा रहेका उनी यस अघि रुपन्देही ३ को उपनिर्वाचनको तयारीका समयमा त्यहाँबाट तयारी गरेका थिए तर त्यो बीचैमा रोकिएपछि अहिले उनले रुपन्देही १ मा तयारी गरेका हुन् ।

उनी यसअघि थारु आयोगको सदस्य बनेका थिए । तर रुपन्देहीमा उपनिर्वाचनमा उनको उम्मेदवारी निश्चित भएपछि भदौ २२ मा राजीनामा बुझाएर बसेका थिए । नाउपाका संरक्षक रहेका रेशम चौधरीले त्यो समयमा रुपन्देही आएर थारुको छोरा डाक्टर बनेको र उसैलाई उम्मेदार बनाउने घोषणा गरेका थिए ।
रुपन्देही १ मा आफूले निर्वाचन केन्द्रीत रहेर चुनावी तयारी गरेको चौधरीले जनाए । ‘पार्टीको महासचिव छु, विभिन्न जिम्मेवारी छन् तर मलाई रुपन्देही १ मा चुनावी तयारीका लागि जिम्मेवारी दिइएपछि यतै लागेको छु’ उनले भने ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख, संवैधानिक थारू आयोगको सदस्य पदबाट राजीनामा दिएर राजनीतिक क्षेत्रमा प्रबेश गरेको उनले बताउँछन् । पार्टीका संरक्षक रेशम चौधरीमार्फत सो यो पार्टीले जातो र चकिया चुनाव चिन्ह लिएर लड्ने भएको छ ।

IME
khanepani