नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन
Nepali Janta
वि.सं.२०८२ पुस २७ आइतवार ११:५९
637 shares
काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।
तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।