नेपाली कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन अध्ययन गर्दै निर्वाचन आयोग
वि.सं.२०८२ पुस २७ आइतवार १२:११
shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् ।
आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन, यससँग सम्बन्धित निकायमावलीहरू र विगतका नजिर अध्ययन गर्ने कार्य चलिरहेको छ ।
‘केही गरी विवाद आए कस्ता खालका विाय आउन सक्छन् भन्ने पूर्व अनुमान गरेर आयोगले त्यस अनुसार आफूलाई तयार राख्नु स्वभाविक हो’ एक अधिकारीले भने ।
उनका अनुुसार विशेष महाधिवेशनले जे जस्ता निर्णय गरेता पनि त्यो अद्यावधिकका लागि आयोग पुग्छ ।
उनी भन्छन्, ‘केन्द्रीय समितिमा संशोधन, विधानमा संशोधन, नाम, चुनाव चिह्न र झण्डा आदिमा संशोधन गर्ने निर्णय भएको खण्डमा अधावधिकका लागि आयोगमा आउँछ । जे जस्ता निर्णय भएता पनि अद्यावधिक गनुपर्ने भएकाले आयोग आउने कुरा छँदैछ ।’
कांग्रेसको नेतृत्व नै परिवर्तन गर्ने निर्णय भएको अवस्थामा वा अन्य नीतिगत विषयमा संशोधन गर्ने निर्णय भएको अवस्थामा त्यसले वैधता पाउने विधि र प्रक्रिया भनेको प्रचलित ऐन र कांग्रेसको विधान नै रहेकाले त्यसबारे आयोगले पूर्व अध्ययन थालेको हो ।
‘अध्यावधिकका लागि जे जस्ता विषय आएता पनि हामी दलको विधान हेछौं । राजनीतिक दल सम्बन्धी ऐन हेर्छौं र प्रक्रिया पुगेर आएको छ भने रोक्न सक्ने कुरा हुँदैछ,’ आयोगका एक अधिकारीले भने ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई पनि कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताउँछन् ।
शुक्रबार आयोजित प्रेस ब्रिफिङमा उनलाई यससम्बन्त्रधी प्रश्न सोधिएको थियो । जवाफमा उनले राजनीतिबक दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएका थिए ।
उनले भनेका छन्, ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’
कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको विवाद थियो । विवाद कायमै छ । तर आजबाट विशेष महाधिवेशन सुरु हुँदैछ ।
यस्तोमा आयोग सम्भावित विवाद समाधानबारे पूर्व अध्ययनमा लागेको हो ।























