काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस विशेष महाधिवेशन : पद्‌मोदयबाट भृकुटीमण्डप जाने सवारी डाइभर्ट गरिँदै

559
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ । उद्घाटन अघि ६ ठाउँबाट जुलुस निकाल्ने कार्यक्रम रहेको नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

ललितपुरको कुपण्डोल, काठमाडौँको सुन्धारा, रत्नपार्क पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ जुलुस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जुलुसको कारण काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने बताइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पद्‌मोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्ने कार्ययोजना बनाएको छ । जुलुसको आकार हेरेर पद्यमोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारीलाई डाइभर्ट गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

उनले भने– ‘भिड धेरै भएमा आयोजकसँग समन्वय गरेर मद्यमोदयबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्छौ तर, अहिलेसम्म निर्वाध रूपमा सवारी चलिरहेको छ ।’

मानिसको सङ्ख्या धेरै भएमा टुँडिखेलबाट राष्ट्रिय सभागृह तर्फ आउने सवारीलाई पनि डाइभर्ट गरिने छ । एसपी सुवेदी भन्छन्– ‘आवागमनलाई असर नपर्ने गरी सवारी डाइभर्ट गर्ने योजना छ ।’

मध्यान्ह १ बजे कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गर्दैछन् ।

IME
khanepani