सभापति शेरबहादुर देउवालाई सुनिल शर्माको सुझाव : रोइलो छाडेर महाधिवेशनमा आउनुस्
वि.सं.२०८२ पुस २७ आइतवार १६:२४
shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद सुनिल शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई रोइलो छाडेर भोलि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै शर्माले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताए ।
‘तर आज दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मूल्य मान्यतालाई लत्त्याएर ५४ प्रतिशत मतलाई सम्मान गर्न सकेन’, उनले भने, ‘सभापति शेरबहादुर देउवालगायत ज-जसले कांग्रेसको मतको अवमूल्यन गर्नु भयो तपाईँहरूलाई यो मासले गिज्याइरहेको छ ।’
उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको भन्दै शेरबहादुर ठुलो इतिहास बोको नेता भएकाले भोलिबाट सुरु हुने बन्द सत्रमा सहभागी हुन आग्रह गरे ।
‘तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेला हिजो जसले सभापति बनायो । अब रोइलो छाडेर यो हलमा आउनुस् । तपाईँलाई पाँच सात वटा विकल्प दिन सक्छौँ’, शर्माको आग्रह छ ।
























