केयुकेएलका सिइओले गजडी कर्मचारीहरुलाई किन छोडे छाँडा, शाखाको अस्तुको भाग कहाँसम्म…?
आयोजनालाई कामकाजी बनाउने कि डमी कर्मचारी राखेर पङगु बनाइरहने आयोजना प्रमुखको जिम्मेवारी ?
वि.सं.२०८२ पुस २८ सोमवार २०:४१
shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा निधि विधि र कर्मचारी नियमावलीको उलंघन गर्न सिइओ अशोककुमार पौडेल र संचालक समिति रस्साकस्सी गरिरहेका छन ।
यो दुई समुहलाई नियम कानून र ऐन भनेकै म आफै हुँ जस्तो लागि रहेको हो जस्तो भान हुने गरि काम भइरहेको पाइएको छ ।
सिइओ पौडेल र संचालन समितिले कानून र नियमलाई हातमा लिएर आफुखुसी प्रयोग गर्दा समेत नियमन गर्ने निकाय खानेपानी मन्त्रालय, शर्तकता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्ध मुर्छित जस्तै भएका छन ।
यी निकायहरु पनि स्वतन्त्र अनुगमन, नियन्त्रण, निर्देशन र अनुसन्धानमा पनि आग्रह पूर्वाग्रह देखिनु, देश र जनतालागि दुर्भाग्य जस्तै भएको छ । स्थायी सरकारको जिम्मेवारीमा भएको निकाय अतिभ्रष्ट भएको आरोप लाग्दा समेत सरोकारवाला निकाय मौन रहनुले यो निकायको पुर्नसंरचनाको विषय घनिभूत ढंगले उठ्न थालेको छ ।
फाल्गुण २१ गतेको चुनावपछि नयाँ राजनितिक शक्तिहरुले दुईतिहाइ वहुमतको सरकार बनाएमा खरिदारदेखि मुख्य सचिवसम्मलाई पतिस्थापन गर्ने गरि तयारी गरिरहेका छन । यस्तो अवस्था आएमा अहिलेका बुहलठ्ठी, प्रतिसोधका रुपमा काम गर्ने, घुषखोरी र बद्नाम कर्मचारीहरुले रोजीरोटीबाट एकैपटक हात नधुनु पर्ला भन्न सकिदैन ।
यहाँ भ्रष्टाचार गरेर अनुसन्धान भइ निलम्बनमा परेर एक तहको मुद्धा जितेर अर्को तहमा मुद्धा तारीखमा रहेका मानिसले पनि राम्रो जिम्मेवारी पाइरहेका छन भने आफ्नो अनुकुल नहुनेलाई जिम्मेवारीबाट मुक्त गराएर हैरानी दिने काम पनि यहि भइरहेको छ । यस्ता भेदभावूर्व तजवीजी अधिकारको अन्त अहिलेको जेन्जी आन्दोलनको मुख्य एजेन्डा हुन । त्यसको पछिल्लो उदाहरणका रुपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना निर्देशनालयको किचलोलाई लिन सकिन्छ ।
बाँदर प्रबृक्तिले आयोजना र लिमिटेड आक्रान्त बन्दा समेत बद्नाम प्रशासकहरु कानमा तेल हालेर बसेका छन । केयूकेएलका सिइओ र संचालक समितिका पदाधिकारीहरुलाई चिसो पानीमा चोपालेर नुनचुक लगाउदै सिस्नाको मुठाले हान्दा पनि सजाय कम नै हुन्छ । यसका भागिदार हुन केयुकेएलको सिइओ अशोककुमार पौडेल, आयोजनाका पूर्व आयोजना प्रमुख लक्ष्मीप्रसाद उपाध्याय र केयूकेएलको संचालक समिति ।
संस्था र कर्मचारीहरुलाई नै थिलथिलो बनाउने प्रशासकहरुलाई कारवाहि र नसियत नदिई असनको साँढे जसरी छोड्दै जाने हो भने भालि विद्रोह जन्मन सक्ने र त्यसले कसैको हित नहुन सक्छ । त्यसैले सरोकारवालाहरुले समयमै सचेत हुनु अतिआवश्यक भइसकेको छ ।
एउटै पदमा दुई जना कर्मचारी राखुनी, सरुवा र पदस्थापनामा राय नलिइनु, साना कर्मचारीहरुमाथि थिचोमिचो कायम नै राखिनु सहसचिव जस्तो जिम्मेवार अधिकारी साना झिना मसिना कुरामा अल्झिरहनुले, आफै प्राविधिक कर्मचारीहरुको प्रशासनीक क्षमतामाथि प्रश्न उठाउने ठाउँ राख्नु सोभनिय कुरा होइन । प्राविधिक प्रसाशनिक काम गर्ने कर्मचारी अझ उतरदायी र जिम्मेवार हुन अति आवश्यक छ ।
केयूकेएलका सिइओ पौडेल बढी जालझेल र तिकडममा रमाउने गरेका कारण पनि कर्मचारीहरुले अनावश्यक दुख पाइरहेका छन । केयुकेएलबाट आयोजनाको उपआयोजना प्रमुखमा जिम्मेवार अधिकारी पठाउन नसक्नु, सातौ तहका कर्मचारीहरुमा बढी आग्रह पूर्वाग्रह लिइरहनुले केयुकेएलको प्रशासनिक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । संचालक समितिले ढुलमुले निर्णय गरिदिने र सिइओको प्रष्ट जिम्मेवारी नतोकिदिने, जस्केलाबाट निर्णयका चिट्हरु प्रबेश गराउने र त्यसैलाई कानुन, नियम ऐन ठानेर काम गर्ने प्रवृत्तिले आयोजना समेत प्रभावित हुने गरेको छ । आयोजनाका गाडि र मसलन्दका सामानहरु समेत केयुकेएलका अमुक व्यक्तिहरुको खटन पटनमा चलाउने डमी कर्मचारीहरु खोजि खोजि पठाउनुले पनि आयोजनामा दिग्भ्रवित उत्पन्न गराउने र असफल भएको देखाउने काम भइरहेको छ ।
स्तर, हैसियत, पदिय मर्यादा समेत भुलेर आफुभन्दा कनिष्ठ कर्मचारीहरुलाई हातको खेलौना हुन भन्ने अभिव्यक्ति दिनुले पनि कर्मचारीहरुको मनोवल कमजोर भइरहेको छ । केयुकेएलका सिइओ पौडेलका नाताका गजडी कर्मचारी विक्रम आर्चायले आयोजनाका गाडि र अन्य नष्ट भएर जाने सामानमा खटन पटन चलाउन कमलबहादुर बमलाई खटाएका छन ।
कमल बम एक केयूकेएलका खलनायक हुन । उनी अरुको इसारामा चल्ने कवाडी भाँडो हुन । यीनमा कुनै इथिक र इमान छैन । अहिले कमल बम विक्रम आर्चायको छायाँका रुपमा आयोजनामा काम गरिरहेका छन ।
केयुकेएल जाउलाखेल शाखामा हुदाँ एक पाने पत्रिकामा ठेक्काको सूचना निकालेर लाखौ कुम्लाउन सफल भएका थिए । केयुकेएलमा पनि मिटररिडर कामदार ठेक्कामा लगाउन केयुकेएलका अधिकारीहरुले यिनैलाई प्रयोग गरिरहेका थिए । कानूनले नदिने अवस्थामा पनि एउटै ठेकेदारलाई ४ पटकसम्म म्याद थपेर काम दिइरहने यीनै कमल बम हुन । यीनले गरेको मिटररिडरको ठेक्काको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । यीनले ठेक्काको डकुमेन्ट बनाएका केयुकेएलका सयौ विषयमा अख्तियारमा मुद्धा चलिरहेका छन ।
सरकारी अड्डका काजपत्र लगेर छानविन गरिरहेको अवस्थामा कर्मचारीलाई काम नलगाउने हो भने नेपाल सरकारका सबै कर्मचारी घर बस्नु पर्ने अवस्था आउन सक्छ । एमालेका स्कुलिङका विक्रम आर्चाय, केयूकेएलका सिइओ पौडेल र आयोजनाबाट सरुवा भएर विभागमा पुगेका लक्ष्मीको कार्यशैलीलाई केलाउने हो भने ओलीकै चेलाचपेटा जस्ता देखिन्छन ।

























