कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, बस्ने भोलि ११ बजे
वि.सं.२०८२ पुस २८ सोमवार २१:०४
shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने उल्लेख गरिएको छ।

























