काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

1.48K
shares
khanepani bord

काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ महँगो हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सोमबार तोलामा पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani