काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

मन्थली नगरपालिकामा एकै शिर्षकमा ३३ लाख ८२ हजार २२० रुपैयाँको अनियमितता !!!

एउटै शिर्षकमा ३३ लाख ८२ हजार २२० रुपैयाँ अनियमितता गर्दै आलिशान जीवन विताउदै आएको नगरपालिका हो रामेछाप जिल्लाको मन्थली नगरपालिका

2.65K
shares
khanepani bord

काठमाडौं । राजनीतिक परिवर्तन पछि मुलुकले अवलम्बन गरेको संघीय शासन प्रणाली अन्तर्गत संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबाट जनतामा सेवा प्रवाह गर्नेभन्दा पनि सरकारी ढुकुटीको दोहन गर्ने कार्यमा जनप्रतिनिधि र कर्मचारी एक भएको भेटिएको छ । जनप्रतिनिधि र सरकारी कर्मचारीको मिलिमतोमा कागजी विकास निर्माण देखाउदै भ्रष्ट्रचार र अनियमितता गर्दै आएको महालेखापरीकको कार्यालयले तयार पारेको प्रतिबेदलनबाट खुलेको छ ।

एउटै शिर्षकमा लाखौ रुपैयाँ अनियमितता गर्दै आलिशान जीवन विताउदै आएको नगरपालिका हो रामेछाप जिल्लाको मन्थली नगरपालिका । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भनिए पनि व्यवहारमा भने खुला रुपमा भ्रष्टाचार गरिदै आएको पाइएको छ । सो भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय र कानुनको शासनलाई चुनौती दिइरहेको छ । स्थानीय तहमा त भ्रष्टाचारको मात्रा झन् झन् बृद्धि हुदै गएको छ । नगरपालिकाका प्रमुखकै योननाामा विद्यमान ऐन कानुनलाई हातमा लिई अनियमितता गरेको आरोप लागेको छ ।

स्थानीय तहले बजेटदेखिनै अनियमितात गर्न सहज हुने गरि योजना तर्जुमा समेत सो नगरपालिकाले गरेको भेटिएको छ । महालेखापरीकको कार्यालयले तयार पारेको प्रतिबेदलन अनुसार सो नगरपालिकाले आकस्मिक सडक मर्मतको शिर्षकमा मात्र ३३ लाख ८२ हजार २२० रुपैयाँ विभिन्न २२ वटा सडक मर्मतको नाममा अनियमितता गरेको ठहर गरिएको छ । सो नगरपालिकाले पालिका र वडा कार्यालय निर्माण व्यवसायी मार्फत सडक मर्मतको नाममा सो रकम भुक्तानी गरेको र सो रकम भुक्तानी गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ को उपदफा १ विपरित भुक्तानी गरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

पालिका र वडा समेत नखुलाई कागजी रुपमा सडक मर्मतको नाममा सो रकम हिनामिना गरेको ठहर महालेखाको रहेको छ । उता सो नगरपालिकाले मन्थली भलुजोर हुलाकडाँडा सडकको नाममा समेत कुनै कागजात पेश नगरि ६३ हजार, कानुन अधिकृत र कानुनी सहजकर्ताको नाममा १० लाख ३९ हजार ३१७ रुपैयाँ समेत हिनामिना गरेको पाईएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ को उपदफा ८ मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न पाईदैन तर सो ऐन विपरित पालिकाले कानूनी अधिकृत छैंटौं तह १ जनालाई करारमा नियुक्ती गरि तलवभत्ता भनेर ५ लाख ७७ हजार ९५७ र कानुनी सहजकताएको रुपमा अर्को एक जना नियुक्त गरि तलबभत्ता ४ लाख ६१ हजार ३६० रुपैयाँ भ्ुक्तानी गरेको महालेखाको ठहर रहेको छ । दुवै नियुक्ती विद्मान कानुन विपरित रहेको छ ।

उता बोका खरिदमा समेत गलत विवरण तयार गरि ९४ हजार ४ सय रुपैयाँ अनियमितात गरेको पाईएको छ । यसैगरी सो पालिकाले शीर्षक फरक पारी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३८ विपरित शीर्षक फरक पारी कुल १० लाख १२ हजार ११३ रुपैयाँ अनियमितता गरेको भेटिएको छ । उता विद्यार्थी संख्याभन्दा बढी बालबालिका सहजकर्ताको नाममा ५ वटा विद्यालयको नक्कली कागजता बनाई १२ लाख २० हजार रुपैयाँ अनियमितता गरेको भेटिएको छ । पालिकाको प्रमुख लव श्रेष्ठ, उपप्रमुख इश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाको योजनामा निलकष्ठ मावि कठजोर, सेतीदेवी मावि सालु, सिद्धेश्वर माविज गैराथोक, सिद्धेश्वर आ वि हात्तिटार र पशुपति आ वि भुलभुले मा रहेको विद्यालयको नाममा फर्जि कागजत तयार गरि रकम हिनामिना गरेको ठहर महालेखाको रहेको छ ।

उता १४ वटा विद्यालयको लेखापरिक्षण नगरि १ लाख ५५ हजार र विविध तथा भैपरी खर्चको शिर्षकमा २५ लाख रुपैयाँ खर्च गरेको कागजता बनाई सरकारी ढुकुटी दोहन गरेको पाइएको छ । यसैगरी सो पालिकाले रकम भुक्तानीकालागि पेश गरेको बी विजक र कागजातलाई चेकजाँच नगरि टी भि टुडे नेटवर्क प्रालि नामक मिडिया हाउसलाई भुक्तानी गरेको ४ लाख रुपैयाँ समेत अनियमितता भएको ठहर महालेखाले गरेको छ । सो पालिकाले यसरी विभिन्न शिर्षकमा आफुखुशी रकम भुक्तानी गर्दै आएको बारे महालेखाले पटकपटक सरकारी निकायलाई जानकारी गराउदा समेत अहिलेसम्म कारबाही गर्ने आँट देखाउन सकेको छैन । जसले गर्दा स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलिमतोमा सरकारी ढुकुटीको दोहनमा नियन्त्रण हुन सकेको छैन भने अर्कोतर्फ विकास निर्माणकालागि बजेट उपलव्ध हुन सकेको छैन ।

IME
khanepani