काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

३३ केजी सुन प्रकरणमा संलग्न ‘गोरे’ समूहका सुरेन्द्र गौतम पक्राउ

1.31K
shares
khanepani bord

काठमाडौँ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न प्रतिवादी सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका ३५ वर्षीय गौतमलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनी सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ समूहका सदस्य हुन् ।

२०७५ वैशाख १९ मा गौतम विरुद्ध मोरङ जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजायको माग दावी गरेर अभियोपत्र दायर गरिएको थियो । गौतम त्यसबेलादेखि फरार थिए ।

उनलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले रातोपाटीलाई बताए । अभियोग पत्रमा उनलाई चौथो नम्बरमा प्रतिवादी कायम गरिएको थियो ।

फ्लाई दुबईको विमानबाट २०७४ माघ ९ मा विमानस्थलमा आइपुगेको ३३ केजी सुन विमानस्थल पार भएपछि मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल छेउबाट हराएको थियो । विमानस्थलबाट सुन पुरानो बानेश्वरमा लगेर छाड्ने जिम्मा लिएर सानु बनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरे ।

त्यसपछि गोरे समूहले सुन ‘गायब’ बनाएको आरोप लगाउँदै मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका सनम शाक्यको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७४ फागुन १९ मा प्रहरीले विराटनगर महानगरपालिका–३ बाट सनमको शव बरामद गरेको थियो । ३३ केजी सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो ।

पुस ३० मा पक्राउ परेका सुरेन्द्र गौतम सनमको हत्या हुँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको निर्भाना कन्ट्री क्लबमा गोरे सँगै थिए । सोही क्लबमा यातना दिएर सनमको हत्या गरिएको थियो । हत्यापछि शव गाड्न भनेर खाल्डो खन्ने काममा पनि उनी संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

चूडामणि उप्रेती ‘गोरे’को निर्देशनमा उनले अर्का प्रतिवादी मोहन काफ्लेलाई हातखुट्टा बाँधेको काफ्लेले बयानमा खुलाएका छन् । मोरङको उर्लाबारी घर भएका अर्का प्रतिवादी काफ्लेले त्यतिबेला बयानमा भनेका थिए, ‘सुरेन्द्र गौतमले हातखुट्टा बाँधेपछि गोरेले मलाई कुटे, यातना दिए ।’

गोरेको निर्देशनमा गौतमले सनमलाई दण्ड र सजाय दिने भूमिका खेलेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब २ महिना १० दिनसम्म छानबिन गरेर सनम शाक्यको हत्या र तस्करी भएर आएपछि लुटिएको भनिएको साढे ३३ केजी सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

IME
khanepani