विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी लिएर निर्वाचन आयोग पुगे सभापति गगन थापा
वि.सं.२०८२ माघ १ बिहीवार १४:३९
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहित सिङ्गो पदाधिकारी निर्वाचन आयोग पुगेको छ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउनको लागि सभापति थापासहितको टोली पुगेको हो।
केही बेर अघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको थियो। तर शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ।

























