काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

विशेष महाधिवेशनले पार्टी फुट्दैन, नेतृत्व मात्र परिवर्तन भएको हो : उपसभापति शर्मा

1.44K
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदैमा पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। बिहीबार निर्वाचन आयोग पुगेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र यसले पार्टीलाई नयाँ दृष्टिकोण र नेतृत्व प्रदान गरेको दाबी गरे।

उपसभापति शर्माले विशेष महाधिवेशनले लिएको नीतिगत निर्णय र नयाँ कार्यसमितिका बारेमा निर्वाचन आयोगलाई औपचारिक जानकारी गराउन आफूहरू आएको बताए। ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल भएको छ, यसले देशका लागि नयाँ दृष्टिकोण पारित गर्नुका साथै नेतृत्व पनि परिवर्तन गरेको छ,’ उनले भने, ‘कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा पार्टी फुट्दैन भन्ने सन्देश हामीले दिएका छौँ।’

उनले महाधिवेशनको म्याण्डेट र नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन एउटा महत्वपूर्ण कडी भएको उल्लेख गर्दै शर्माले यसबाट पार्टी थप एकजुट र ऊर्जावान् भएको बताए। निर्वाचन आयोगले पनि विशेष महाधिवेशनको निर्णय र नयाँ नेतृत्वलाई कानुनसम्मत रूपमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाउने विश्वास उनले व्यक्त गरे।

IME
khanepani