काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

एमाले उम्मेदवार मधेश प्रदेशका ४ प्रदेश सांसद

1.77K
shares
khanepani bord

जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार प्रदेश सांसदले प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । जसमा दुईजना मधेशका पूर्वमुख्यमन्त्री र एकजना पूर्वसभामुख हेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमतका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

धनुषा क्षेत्रनम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर ४ बाट निवर्तमान मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ ।

यस्तै पर्सा क्षेत्र नं. ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवारको लागि सिफारिस भएका चारैजना प्रत्यक्ष निर्वाचित जितेका प्रदेश सांसद हुन् । उनीहरू प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

IME
khanepani