जेनजी सरकारका मन्त्रीको बद्नाम गदै सचिव, यौनदुराचारी र भ्रष्टाचारीकै ढलीमुहाली ?
तलबाट उठेर गएको सरुवामा सचिव रामआधार साहले विकेशको नाम नराख्न दवाव दिएको समाचार स्रोतले दावी गरेको छ ।
वि.सं.२०८२ माघ ४ आइतवार १४:४८
shares

काठमाडौं । खानेपानी मन्त्रालयले केहि सिडिईहरुको सरुवा गरेको छ । विवादमा रहेका सिडिईहरुको सरुवामा व्यापक आर्थिक चलखेल भएको समाचार छ । खानेपानी आयोजना निर्देशनालयका विकेश बाधवाछेलाई सरुवा गर्नु पर्ने दवाव व्यापक उठेको भएको पनि आर्थिक चलखेलका आधारमा विकेशको सरुवा रोकिएको समाचार स्रोतले दावी गरेको छ ।
तलबाट उठेर गएको सरुवामा सचिव रामआधार साहले विकेशको नाम नराख्न दवाव दिएको समाचार स्रोतले दावी गरेको छ ।
आयोजना निर्देशनालयमा लामो समय बसेका सुजता जोशि र विकेशको सरुवा हुनु पर्नेमा उक्त सरुवा रोक्ने काम गरिएको छ । नयाँ सरुवा भएर आएका पिडि टिकाबहादुर चौधरीलाई असफल बनाउने खेल मन्त्रालयबाटै भएको समाचार स्रोतले दावी गरेको छ ।
केहि खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा कार्यारत कार्यालय प्रमुखहरुको सरुवा भएको समाचार स्रोतले दावी गरेको छ । खानेपानी मन्त्री मदन परियारका पिए रोशन परियारको नाम सचिव रामआधार साहले बद्नाम गदै आयोजनाका सिडिअरुसँग पैसा लिएर सरुवा गरेका छन । खानेपानी मन्त्रालयका अधिकारी कसले सरुवामा चलखेल गरेका हुन सो विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान आर्षशन भएको प्रधानमन्त्री कार्यालय स्रोतले दावी गरेको छ ।
पूर्व मन्त्री प्रदिप यादवले सरुवा गरेका विकेशलाई पछि मन्त्रीलाई २२ लाख र अर्का एक वक्तिलाई ५ लाख दिएपछि उक्त सरुवा बदर गरिएको थियो । अहिले सचिव खानेपानी विभागका डिजी कमलराज श्रेष्ठसँगको साँठगाँठमा उक्त सरुवा रोक्ने काम भएको समाचार स्रोतले दावी गरेको छ ।
पुलमा बसेका रामप्रसाद घिमिरेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बाँकेमा सरुवा भएको छ । निर्वाचन आचारसिंहिता लाग्ने भएका कारण सरुवामा दवाव तिब्र पर्ने गरेको छ ।

























