काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

भ्रष्टाचारको दुनियाँमा रमाउने सचिव साहले सरुवमा मन्त्रीको नाम गरे बद्नाम

भ्रष्टाचारको दुनियाँमा सचिवहरुमा १ नम्बरमा नाम आउने साहले जेन्जी सरकारका मन्त्री र प्रधानमन्त्री शुशिला कार्कीको समेत बद्नाम गदै असुली धन्दालाई क्रियाशिल बनाउन थालेका छन ।

8.19K
shares
khanepani bord

काठमाडौं । खानेपानी मन्त्रालयले निर्वाचन आचारसंहिता लाग्नु केहि घण्टा अगाडि खानेपानी मन्त्रालय अन्तरगतका सिडिहरुको सरुवा गरेर मन्त्री मदनकुमार परियारलाई विवादमा मुछ्ने काम गरेको छ ।

एकै ठाउँमा लामो समय बसेका आयोजनाका सिडि सरुवा गर्ने भनेर मन्त्रीसँग सहमति लिएर आर्थिक चलखेल गदै साउनमा मात्र सरुवा भएका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखहरुको समेत सरुवा गरिएको छ । लामो समय आकर्षक ठाउँमा रहेका सिडिहरुलाई पनि सरुवाको हल्ला फिजाँएर खानेपानी सचिव रामआधार साह र खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठले मोटो रकम असलुउपर गरेर सरुवा रोक्ने र सरुवा गर्ने काम गरेका छन ।

यहि आर्थिक बर्षको साउन भाद्रमा सरुवा भएका रामेछाप, धनकुटा र लम्जुङ्ग खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । रामेछापका प्रमुखको त जागिर एक वर्ष पनि बाँकि छैन । सामान्यतय अवस्थामा एक वर्ष जागिर बाँकि भएका कर्मचारीहरुको सरुवा हुने चलन छैन । तर सचिव साह र महानिर्देशकले आफु निकटका केहि सिडिहरुसँग आर्थिक मोलमोलाई गरेर सरुवा गरेको मन्त्रालय स्रोतले दावी गरेका छन ।

सचिवले खानेपानी आयोजना निर्देशनालयका सिडि सुजता जोशी र विकेश बधानथाछे ४ बर्ष आयोजनामा बसि सकेकासँग प्रति व्यक्ति २० लाखका दरले थमौति बापतको दस्तुर लिएर सरुवा रोकेका छन । यसको आरोपचाहि सचिवले मन्त्रीले रोक्नु भन्नु भएको छ भन्दै रोक्ने काम गरेका छन । यो सरुवामा खानेपानी मन्त्रालयका प्रशासन शाखाका सबै कर्मचारीहरु असन्तुष्ट देखिएका छन । मधु तिमिल्सीनासँग १० लाख, प्रभात श्रेष्ठसँग १० लाख र अमित रञ्जितसँग १० लाख लिएर सरुवा रोकिएको हो ।

वधानथाछे, जोशी ४ बर्ष आयोजनामा कार्यरत रहेका छन भने, तिमिल्सीना, श्रेष्ठ, रञ्जित भने एक वर्ष भन्दाबढी नै आयोजनामा कार्यरत रहेका छन । आयोजनामा वधानथाछे, जोशी, श्रेष्ठ र रञ्जित अति भ्रष्ट र ठेकेदारहरुको सेटिङमा काम गर्ने कर्मचारीहरु हुन । त्यहि बसीरहन गणेश चन्द, रोशन खड्काहरुले लगानी गरेको पनि समाचार स्रोतले दावी गरेको छ । यहि बैशाख १० गतेबाट अनिर्वाय अवकाशमा जान लागेका सचिव रामआधार साह विगतमा पनि भ्रष्टाचारको केशमा सिआईविले मुद्धा चलाएका कर्मचारी हुन । मन्त्री अनिल सिंह्रको सिफारीसमा खानेपानी सचिवमा सरुवा भएका साहले विगतको आरोपलाई पुष्टि हुने गरि काम गर्न लागेको आरोप लागेको छ । सिंनामंगलमा आलिशान बंगला बनाएका सचिव साह गुणस्तर तथा नाप तौल कलस्टरका सचिव हुन । यीनलाई खानेपानी सम्बन्धी ज्ञान सून्य नै रहेको छ ।

भ्रष्टाचारका दर्जनौ मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान चलिरहेका सहसचिव कमलराज श्रेष्ठ खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकसँगको मिलेमतोमा सचिवले आर्थिक चाँजोपाँजो मिलाउन सफल भएको समाचार स्रोतले दावी गरेको छ ।

यस सम्बन्धमा सचिव साह मौन रहेका छन भने, मन्त्री मदनकुमार परियार र उनका स्वकिय सचिवले सरुवामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन ।

भ्रष्टाचारको दुनियाँमा सचिवहरुमा १ नम्बरमा नाम आउने साहले जेन्जी सरकारका मन्त्री र प्रधानमन्त्री शुशिला कार्कीको समेत बद्नाम गदै असुली धन्दालाई क्रियाशिल बनाउन थालेका छन ।

खानेपानी मन्त्रालयका क्रियाशिल प्राविधिक कर्मचारीहरुले घुमाउरो तरिकाले सचिवले कमाउने धन्दालाई गतिशिल बनाउन थालेको संकेत गरेका छन । उनले पूर्वमन्त्री प्रदिप यादवले खानेपानी मन्त्रालय र अन्तरगतमा करारमा भर्ना गरेका करिव ५ सय जना कर्मचारीहरुको म्याद थपेका छैनन । उनले ती ठाउँमा आफ्ना मानिस भर्ना गर्ने तयारी गरिरहेको पनि समाचार स्रोतले दावी गरेको छ ।

IME
khanepani