काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

योगेश भट्टराईले पाएनन् टिकट, ताप्लेजुङबाट क्षितिज थेवे उम्मेदवार

2.24K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने भएको छ। त्यहाँ एमालेले उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएको हो।

गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन्।

‘शनिबार नै टुंगो लागिसकेको थियो। त्यसदिन सार्वजनिक नगरिएको मात्र हो,’ एक सचिवालय नेताले भने। थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन्। उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए।

भट्टराई ताप्लेजुङबाट २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी २०६४ र २०७० काठमाडौं–६ बाट संविधान सभा सदस्य उम्मेदवार भएका थिए। चुनाव भने जितेका थिएनन्।

IME
khanepani