शेखर सचिवालयले भन्यो, ‘गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैन’
वि.सं.२०८२ माघ ५ सोमवार १५:०६
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सचिवालयले सभापति गगन थापासँग मिलेर जाने कुरामा कुनै सत्यता नभएको जनाएको छ। नेता कोइराला कहाँ टिकट माग्न आउनेको भिड लागेको भएपनि अहिलेसम्म कुनै जानकारी नभएको जनाइएको छ।
सचिवालयले भनेको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन। जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन।’
आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको सचिवालयले जनाएको छ।

























