दारु भट्टीमा सचिव साहले घुष खाएको अडियो, मन्त्री र प्रधानमन्त्रीको भयो बद्नाम
सचिव साहले खानेपानी आयोजना अनामनगरमा करिव ४ बर्षभन्दा बढी समय बसेका र पूर्व मन्त्रीलाई घतलाग्दो रकम दिएर सरुवा थमौतिमा परेका विकेश वाधनथाछे र सुजता जोशिको सरुवा गरेका छैनन ।
वि.सं.२०८२ माघ ५ सोमवार १५:३८
shares

काठमाडौं । भ्रष्टाचारीहरुको सेटिङ्ग खानेपानी मन्त्रालय र अन्तरगतमा डर लाग्दो देखिएको छ ।
मेलम्चीका भेण्डरको समस्या समाधन गर्ने प्रतिवद्धता गरेर खानेपानी मन्त्रालयमा दोस्रो पटक इन्ट्री गरेका भ्रष्टाचार र अनियमिततामा सिद्धहस्त सचिव रामआधार साहले पूर्व मन्त्री प्रदिप यादवको पदचापलाई निरन्तरता दिएका छन ।
कार्यालय सहयोगी करारका कर्मचारीहरुको म्यादथप गर्दा समेत पैसा असुल उपर गरेको आरोपमा खानेपानी मन्त्रालयबाट महेन्द्रराय यादव मन्त्री हुदाँ गलहत्याएर शर्तकता केन्द्रमा सरुवा भएका साह त्यहा पनि विभिन्न मन्त्रालय वा मातहतमा पत्रचार गर्ने, छानविन गर्ने वहनामा कर्मचारीहरुलाई दुःख दिन थालेका उजुरी प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीसम्म पुगेपछि शर्तकता केन्द्रबाट नेपाल ट्रष्टको कार्यालयमा पुगेका थिए ।
सुन्दरी तर्फपनि मिठ्ठो लगाव भएका सचिव साहले प्रधानमन्त्रीका मुख्य स्वकिय सचिव आर्दश श्रेष्ठको नाम र खानेपानी मन्त्री मदनकुमार परियार र उनका पिए रोशन परियारको नाम लिएर समय नपुगेका सिडिहरुको सरुवा गरेका छन । पूर्व मन्त्री यादवले आर्थिक लाभ लिएर अतिरिक्त कमाई हुने आकर्षक ठाउँमा रहेका सिडिहरुको सरुवा गर्न चासो देखाएका छैनन ।
सचिव साहले खानेपानी आयोजना अनामनगरमा करिव ४ बर्षभन्दा बढी समय बसेका र पूर्व मन्त्रीलाई घतलाग्दो रकम दिएर सरुवा थमौतिमा परेका विकेश वाधनथाछे र सुजता जोशिको सरुवा गरेका छैनन । उनले मन्त्री परियार र आयोजनामा सरुवा भएर आएका आयोजना प्रमुख टिका बहादुर चौधरीले सरुवा नगरिदिन आग्रह गरेको भन्दै सरुवा नगरेको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ ।
भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई जोगाउन मन्त्री, सचिव तयार हुने र एकले अर्कोलाई दोष लगाएर आफु पानीमाथिको ओभानो हुने मनोरोगले दातृनिकायको अनुदान र ऋणमा संचालन भएका आयोजनासँग सरोकार राख्ने निकायका पदाशिनहरुको आदत नै बसि सकेको छ ।
खानेपानी मन्त्रालयका अपराधिक मनोभावनाका सचिव साहले सिनियर डिभिजनल इन्जिनियरहरुको सरुवा ५ महिनामै गरेर कर्मचारीहरु वीच आतंक सृजना गरेका छन ।
उनले राजेन्द्रकुमार श्रैष्ठलाई भक्तपुर खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट सरुवा भएर रामेछाप कार्यालयमा सरुवा भएको ५ महिना सरुवा गरेर पुनः भक्तपुरमा दोस्रो वरियातामा ल्याएका छन । त्यसै गरि लम्जुङ्ग कार्यालयबाट नरेश रेग्मीको सरुवा गरेर ५ महिना अगाडि इलाम कार्यालयबाट मन्त्रालय पुलमा राखिएका उत्सव पोखरेललाई लम्जुङ्ग लगिएको छ भने नरेशको विभागमा सरुवा गरिएको छ ।
धनकुटामा ५ महिना अगाडि सरुवा भएर रामेछापबाट गएका हेराकाजी मर्हजनलाई पुनः रामेछापमा सरुवा गरिएको छ । मन्त्रालयबाट रामप्रसाद घिमिरेलाई नेपालगंज कार्यालयमा सरुवा गरिएको छ । नेपालगञ्जबाट महेश न्यौपानेलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
करिव ३ बर्ष अगाडि सचिव साहलाई मन्त्रालयबाट सरुवा गराउने समितिका संयोजक कमलराज श्रेष्ठसँग शर्तकता केन्द्रबाट आउँदा आउदै घनिष्ट सम्बन्ध राख्न सफल सचिवलाई उनै कमलराज श्रेष्ठले सरुवामा आर्थिक चलखेल गराउने बातावरण बनाएको आरोप पनि लागेको छ । श्रेष्ठ हाल खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक छन ।
उनका मेलम्ची खानेपानी विकास समिति र आयोजना निर्देशनालयमा रहदाँ आर्थिक आर्जन गर्न अनियमित काम गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा रहेका छन ।
भ्रष्टाचार गर्ने गराउनेलाई पनि विगतकै ओली, प्रचण्ड र देउवा सरकारकै शैलिमा जेन्जीहरुको रगत र खरानीको जगमा बनेको सरकारले पदमा राखिरहने हो भने, आन्दोलन र नयाँ चुनावको औचित्य के होला ? आम मानिसहरुले सरकारका मन्त्री र प्रधानमन्त्रीलाई समेत कुरी कुरी गरिरहेका छन ।
भ्रष्टाचारलाई संस्थागत गर्ने साह जस्ता राष्ट्र र जनताका सत्रुलाई समयमै किनारा नलगाउने हो भने यस्ता धमिराहरुले सरकार, देश र मन्त्रीहरुकै बद्नाम गरिरहने छन ।
सचिव साहको घरमा भ्रष्टाचार र अनियमित ढंगले कमाएको अकुत धन रहेको पनि समाचार स्रोतले दावी गरेको छ । उनलाई अकुतमा अख्तियार अनुसन्धान आयोगमा उजुरी दिन केहि उनैले संरक्षण गरेका कर्मचारीहरुले तयारी गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
सचिव साहले पैसाको मोलमोलाई गरेको अडियो पैसा दिने कर्मचारीहरुसँग सुरक्षित रहेको पनि समाचार स्रोतले दावी गरेको छ ।
उनको कोठामा छिर्ने प्रायः अतिरिक्त आर्जन गर्ने ठाउँमा बसेका कर्मचारीहरुले अडियो खुल्लै राखेर छिर्ने गरेको पनि एक सिडिले बताएका छन । उनले सरुवा थकौतिका लागि २० लाख बुझाउन गएको अडियो दारु भट्टीमा सुनाउन समेत भ्याएको स्रोतले दावी गरेको छ ।

























