काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दै मन्त्री जगदीश खरेल

1.56K
shares
khanepani bord

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।

‘लगभग उहाँ उम्मेदवार बन्ने निश्चित भएको छ । ललितपुर २ बाट नै उठ्नुहुन्छ’,स्रोतले भन्यो ।

फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् । आझै खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् । यस अघि उर्जामन्त्री रहेको कुलमान घिसिङले राजीनामा दिइसकेका छन् ।

IME
khanepani